पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मावि च्युरालाई

दुर्गा विसि
सल्यान ,२ फाल्गुन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि मावि च्युराले हात पारेको छ ।१६ स्वर्ण ९ रजत १० कास्य सहित मावि च्युराले विजेता हात पारेको छ । ९ स्वर्ण ८ रजत ६ कास्य सहित प्रभाकर मावि दोस्रो विजेता भएको छ ।२ स्वर्ण २ रजत २ कास्य सहित कृष्ण बोर्डिङ स्कुल तेस्रो भएको छ ।लङ्ग ग्रिन रिभर बोर्डिङ स्कुल सल्लिवजार १ स्वर्ण ७ रजत २ कास्य,मुक्ति मावि वामे १ स्वर्ण ४ रजत ३ कास्य,सिद्धेश्वरि मावि निगालचुला १ स्वर्ण २ कास्य,प्रतिभा मावि २ कास्य,कृष्ण मावि संग्रहि १ कास्य,नवजाेति मावि २ कास्य पदक प्राप्त गरेको खेलकुद विकास समितिका अध्यक्ष रिम वहादुर विष्टले जानकारी दिनु भएको छ ।माघ २९ बाट फाल्गुन २ गतेसम्म जारि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्डकाे नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि,उप प्रमुख पुरुषाेत्तम आचार्य,वडा अध्यक्ष थुम वहादुर विसि,गणेश वुढा,पिउपर खत्री,नगर शिक्षा शाखा प्रमुख चक्र वहादुर रावतले विजेता विद्यार्थी खेलाडिहरुलाइ प्रमाणपत्र,मेडल वितरण गर्नु भएको थियोे । नगर खेलकुद विकास समितिका अध्यक्ष रिम वहादुर विष्टको सभा अध्यक्षतामा भएको समापन सत्रको कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखा प्रास धुर्वा थापाले गर्नु भएको थियोे ।






