जेन जेड कालिकोट अभियानबाट अस्मिन कुमार बिष्ट निष्कासन

हस्त चाैलागाँई
कालिकाेट ,२ फाल्गुन ।

जिल्लामा सक्रिय युवापुस्ताको अभियानका रूपमा परिचित जेन जेड कालिकोट अभियानले आफ्ना साधारण सदस्य अस्मिन कुमार बिष्टलाई अभियानबाट निष्कासन गरेको छ।
अभियानले जारी गरेको विज्ञप्तिअनुसार २०८२ भदौ २३ र २४ गते सम्पन्न युवापुस्ताको संयुक्त आन्दोलनपश्चात आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालिकोट जिल्लामा जेन जेड कालिकोट अभियानमार्फत अस्मिन कुमार बिष्टलाई उम्मेदवारको रूपमा अघि बढाउने निर्णय गरिएको थियो।
तर पछिल्लो समय बिष्टले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पुष्टि भएपछि अभियानको घोषित नीति, उद्देश्य र निर्णयको प्रतिकूल कार्य गरेको ठहर गर्दै आन्तरिक निर्णयअनुसार उनलाई जेन जेड कालिकोट अभियानको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा जेन जेड कालिकोट अभियान कुनै पनि राजनीतिक दल, व्यक्ति वा समूहसँग आबद्ध नरही कालिकोट जिल्लाको समग्र विकास, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा कुशासन, कु–संस्कार र विकृतिविरुद्ध निरन्तर खबरदारी अभियान सञ्चालन गर्दै आएको स्वतन्त्र नागरिक पहल भएको स्पष्ट गरिएको छ।
अभियानले आगामी दिनमा यसलाई स्थानीय तहदेखि वडा तहसम्म विस्तार गर्दै अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको जनाएको छ। साथै अभियानप्रति विश्वास राख्ने सम्पूर्ण सहकर्मी तथा समर्थकलाई कुनै पनि भ्रममा नपरी अभियानको मूल उद्देश्यअनुसार सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ।

जेन जेड कालिकोट अभियानबाट अस्मिन कुमार बिष्ट निष्कासन

निर्वाचन १९ दिन बाँकी :  कर्णाली प्रदेशका

जेन जेड कालिकोट अभियानबाट अस्मिन कुमार बिष्ट निष्कासन

बाँके–२ मा जसपा उम्मेदवार कमरुद्दिन राईप्रति मतदाताको

Leave a comment

Your email address will not be published. Required fields are marked *