उम्मेदवार गाउँगाउँमा :चुनावी प्रचार तीव्र 

सुर्खेत, २ फागुन । 

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । गाउँ–गाउँमा राजनितिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् ।

सुर्खेतको चौकुने गाउँपालिकाका–५ का लोकेन्द्र सिंहराज थापाले युवा अहिले गाउँमा कम नै नभएको बताए । उनले भने,  “यहाँका युवा खेतीपातीको याम र चाडपर्वको बेलामा गाउँमा आउँछन्, अन्य बेलामा रोजगारीका लागि भारततिर जाने गर्दछन् ।”

उने गाउँमा निर्वाचनको रौनक बढेपनि महिला र बुढाबुढी मात्रै मतदाता रहेको भन्दै अब गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गरे । चौकुने गाउँपालिकाकै सीतादेवी नेपालीले पनि अहिले गाउँमा युवा मतदाता कम नै रहेको बताए । उनले राजनीति भन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने अवस्थाले युवाहरु विदेशिन बाध्य भएको बताए ।

सुर्खेत चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बाँस्तोलाले स्वरोजगार सम्बन्धिका कार्यक्रम सञ्चालन गरिए पनि युवाहरु गाउँमा नबस्ने गरेको बताए । सुर्खेत मात्रै होइन, कर्णालीका अधिकांश युवा रोजगारीका लागि भारतमा जाने गर्दछन् । पछिल्लो समय भने भारत बाहेकका मुलकमा जानेसमेत थालेका छन् ।

उम्मेदवार गाउँगाउँमा :चुनावी प्रचार तीव्र 

देखिन छाडे गोरुगाडा 

उम्मेदवार गाउँगाउँमा :चुनावी प्रचार तीव्र 

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

Leave a comment

Your email address will not be published. Required fields are marked *