जुम्लाका १८ बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट ( बिद्यालयकाे नामसहित )

काली बहादुर परियार
जुम्ला ,३० पुस।
जुम्ला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जुम्लाका १८ विधालय छनाेट भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने कार्यक्रमका लागि जुम्लाका १८ वटा विधालय छनोट भएका हुन् ।
जसमा चन्दननाथ नगरपालिकाका ३ वटा भैरव माध्यमिक बिद्यालय धुमिढुस्का, कर्णाली माद्यामिक बिद्यालय अनामनगर र रत्न चूडेश्वर माध्यमिक बिद्यालय बाेहाेरागाउँ छनाेट भएका छन् ।
गुठिचौर गाउँपालिका १ वटा बिद्यालय सत्यावादी माध्यमिक बिद्यालय दशाैँदी छनाेट भएको छ । हिमा गाउँपालिकाका २ वटा बिद्यालय छनाेट भएका छन् । अन्नपूर्ण माध्यमिक बिद्यालय मष्ठमाणु र कालिका माध्यमिक बिद्यालय रहेका छन्।
यस्तै कनकासुन्दरी गाउँपालिकाका २ वटा बिद्यालय कनकासुन्दरी माध्यमिक बिद्यालय र पाण्डवगुफा माध्यमिक बिद्यालय छनाेट भएका छन् । त्यसैगरी पातारासी गाउँपालिकाका ४ वटा बिद्यालय मालिका माद्यामिक बिद्यालय, सरस्वती माध्यमिक बिद्यालय, शंकर माध्यमिक बिद्यालय र सरस्वती माध्यमिक बिद्यालय रहेका छन् ।
सिंजा गाउँपालिकाका कैलाश माध्यमिक बिद्यालय र मालिका माध्यमिक बिद्यालय गरि दुई वटा बिद्यालय छनाेट भएका छन् ।
यस्तै तातोपानी गाउँपालिकाका ३ वटा भएका छन् । जसमा गणेश माध्यमिक बिद्यालय राँका, हिमशिखर माध्यमिक बिद्यालय तातोपानी र जनजागृती माध्यमिक बिद्यालय रहेका छन् ।
तिला गाउँ पालिकाका १ वटा विधालय सेतीवाडा माध्यमिक बिद्यालय नुवाकोट गरी जुम्लाभरीबाट १८ वटा विधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । छनोट भएका सबै विधालयमा आबश्कता अनुसार २,४ र ८ कोठे पक्की भवन निर्माण हुने छन्






