घुँयत्राे:“भृकुटीमण्डपको जाडो, गगनको तातो भात र काँग्रेसको चिसिएको दिमाग”

त्यसाेत काँग्रेश भित्र गिरिजाले जब किशुनजीलाई चुनाब हराउन शंखघाेष गरे ,त्यतिबेला देखिनै भुषकाे आगाे सल्काय झैँ भित्र भित्रै काँग्रेस डढि सक्या हाे । त्यै बेला देखिनै २ गुठमा देखिएका कार्यकर्ता बाहिरिरुपाँ ठ्याक्कै २ चिरा पर्या अँझैसम्म नदेखियनि जेनजी आन्दोलन काे रापले सेक्किएछि गगन याे चाेटिदेखि भने रुख २ भागाँ बाँडन २८ गतेदेखिकाे गगनकाे युध्द भृकुटीमण्डपाँ अँझै चल्दैछ । याे पुषकाे अन्तिम शाताकाे चिसाँ भात माशु ख्वाएरै गगनले देउबा पक्षियहरुलाई पाटियाट लखेटालखेट पार्ने देखियाे ।याे देखेर अब काँग्रेस दुईभागाँ बाँडिने र मास्सिने कुराँ पाटिका शुभचिन्तक सर्वसाधारण नागरिकमा त्रास पैदा भएकाेछ तर काँग्रेसका प्रतिनिधिहरुमा भने कुनै त्रास छैन उनिहरु त विशेष महाधिवेशनमा आफ्नाे स्पस्ट ६३ प्रतिसत बहुमत प्रतिनिधिहरुकाे उपस्थितिरहेकाेले गगन थापाकाे टिमबाहेक अरुले पाटियाँ ठाउँ पाउनु हुन्न भन्ने अडानमा निर्वाचन तालिका सरेकाे सर्यैछ । याे देखेर देउबा समूहनि तात्तिएरै लागेछि २८ गतेदेखिकाे भिडन्त अँझै जारीछ । निकास कैले निस्कन्छ ठ्याक्कै भन्ने अबस्था छैन । यहाँकाे माहाेल हेर्दा देउबा समूह निरीह देखिन्छ । काँग्रेस कमिनिष्ट विरुद्ध खाेलिया नयाँ दलका कारण, कमजाेर बनेकाे काँग्रेस पाटि झन दुई भागमा बाँडियाे भने नयाँदलका लागि चुनाब सहज हुने निश्चित छ । तर, चुनाब भने फागुनमै हुन्छ भन्ने ग्यारेन्टी छैन । ४ दिनदेखि भृकुटीमण्डप र हाेटेल गर्दागर्दै थाकेर लखतरान भाका कार्यकर्ताहरु भने अँझै याैटा परिणाम ल्याउन सक्याछैनन । बिचराहरकाे तरुल र गिठाभ्याकुर खाने चाड ( माघि ) पनि टुडिखेलाँ बदाम खाएर वित्लाजस्ताेछ । नआफ्नाे मन खाकाे नेता चुनाइ हुने न घर गएर बर्षदिनकाे चाड मनाई हुने , खालि घर परिवारकाे गालि ख्वाई मात्रै हुने भएछि अब उप्रान्तका दिनाँ राजनिती गराई हाेला जस्तो छाँट पनि देखिएन । नेपालकाे सबभन्दा पुरानाे पाटि अरे ! जेनजीहरकाे २ दिनकाे आन्दोलनले सारा सत्यानास गर्या देख्दा लाग्छ याे पाटिका नेताहरु दिमाग चलाएर हैनकि आजसम्म विपिकाे नाम भजाएर खाका तर आन्दोलनले दिमाग र नितिले खान सक्छाै भने खाउ ! हैन भने याे ३ साले नीति ८३ तिर अर्थात ८० बर्षसम्म बेचेर खाँदा नि न जनता उमाे लाए न देश उमाे लायाे भनेर जेनजीले यीनरका नेताहरकाे साताे लिएछि तब यसाे केई गरि देखाम न त भनेर याे पुषा मैना जाडाँ जम्मा भाका नेताहरले अन्तत पाटि फाेडेकाछन । उनीहरले भने जस्तै अब गगन सभापति र विश्व उपसभापति हुने हाेलान । अधिवेशनले पास गर्या कुरा बैध भयाे भने निर्वाचन आयाेगले रुख गगनकै हुने हाेला नभए गैर गगनवालाहरकाे हुने हाेला । माघेसकरातिया दिन देखि हाेटेल,पसल,खाल,भट्टि चिया,चाैतारी बस, प्लेन सबैकाे खेतिपाति काँग्रेसकै धज्जि उडाउने ,देउवालाई गालि गर्ने गगनलाई माथि उडाउने हुने हाेला । सम्भब त अब रवि र गगन,देउबा र ओलि मिलेर चुनाब लडछन हाेला । भित्रभित्र फुट्यापाटि अब देख्खिने गरि फुटेछि गगन टाेलिले अबिर यात्रा त पक्कै गर्छ हाेला । विशेष अधिवेशनकाे चुनावि कार्यक्रमले माघे सकरातिकै दिनाँ परिणाम घाेषणा गर्ने भएछि चुनाउ जित्नेका लागि माघे सकराति त मेरिज एनिभरसरी नै हुने भाे । धेरैजसाे जिल्लाकाले त ऐल्यै टिकटलेर जाने हाेलान । गगनकाे नामलेछि चुनाब जितिन्छ भन्ने भाकाहरुका लागि त हुनसम्म भाे ! अब आफ्नो नामबाट भन्दानि गगनकै नामलेर चुनाबाँ ब्रुकुसीमार्दै हिँडने भए । लाै साथीहरु तपाईहरुकाे मेहनतले रङ ल्यायाे । अब डेढ मैनाजति खसी ,बाेका ,राङा ,वङ्गुर ,बँदेल, कुखुरा जे भेटिन्छन ख्वाउँदै जेनजीलाई चुनाबाँ दगुराउँदै गर्नु भाे भने तपाईं माननीय, गगन प्रधानमन्त्री , शर्माजी सभामुख, अनि फरमुल्ला मन्सुर गृहमन्त्री कतै नजा । हाम्रो नि बधाई छ तपाईंहरलाई,तपाईंहरकाे जयहाेस । मनले चिताकाे पुगाेस । देश र जनता भाँडमे जाउन तपाईंहरकाे काम बन्नु पर्याे ! बस यति भएछि पुग्याे ।

घुँयत्राे:“भृकुटीमण्डपको जाडो, गगनको तातो भात र काँग्रेसको चिसिएको दिमाग”

कर्णालीका जडीबुटी कच्चै बाहिरिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *