युवा तथा खेलकुदमन्त्री गुप्ताद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, पूर्वाधार संरक्षण र खेल गतिविधिमा सहयोगको प्रतिबद्धता

बाँके,२९ पुस।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपालगन्ज रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपालगन्ज आइपुगेका मन्त्री गुप्ताले मंगलबार रंगशालासहित खेलकुद स्विमिङ पुल, कभर्ड हल, सुटिङ रेन्जलगायत विभिन्न खेलकुद संरचनाको अवलोकन गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री गुप्ताले रंगशालामा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्दै खेलकुद गतिविधिलाई निरन्तरता दिन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रको समग्र विकासका लागि नेपाल सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उहाँले खेलाडीलाई बढीभन्दा बढी प्रशिक्षण अवसर र सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
यस अवसरमा क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले नेपालगन्ज रंगशालामा विद्यमान विभिन्न समस्या, भौतिक पूर्वाधार सुधारको आवश्यकता तथा नयाँ संरचना निर्माणका विषयमा मन्त्री गुप्तालाई जानकारी गराउनुभएको थियो । करोडौं रुपैयाँ लगानी भएका खेलकुद पूर्वाधारको संरक्षण तथा नियमित रेखदेखका लागि बजेट अभावका कारण समस्या उत्पन्न भएको भन्दै प्रमुख चन्दले ध्यानाकर्षण गराउनुभएको छ ।
मन्त्री गुप्ताको निरीक्षण र प्रतिबद्धतापछि नेपालगन्ज क्षेत्रको खेलकुद पूर्वाधार सुदृढीकरण र खेल गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री गुप्ताद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, पूर्वाधार संरक्षण र खेल गतिविधिमा सहयोगको प्रतिबद्धता

एकै गाउँका ९ जनाको मृत्यु भएपछि शोकमा

Leave a comment

Your email address will not be published. Required fields are marked *