जुम्लाको हिमा गाउँपालिका वित्त आयोगको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

काली बहादुर परियार

जुम्ला ,२९ माघ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कन अनुसार जुम्लाको हिमा गाउँपालिका जिल्लाकै उत्कृष्ट देखिएको छ । यहाँका आठवटा स्थानीय तहमध्ये हिमा गाउँपालिकाले ६४ दशमलव ०२ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको छ ।

यस्तै कनकासुन्दरी गाउँपालिकाले ६० दशमलव ८४ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । सिंजा गाउँपालिकाले ५७ दशमलव९५ प्रतिशत अंक ल्याएर तेस्रो स्थान हुन सफल भएको छ ।

यसैगरी क्रमश : तातोपानी गाउँपालिकाले ५७ दशमलव ८८ प्रतिशत, गुठिचौरले ५४ दशमलव २८ प्रतिशत, चन्दननाथ नगरपालिकाले ४८ दशमलव ६५ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै तिला गाउँपालिकाले ४७ दशमलव ९० प्रतिशत अंक पाएको छ । सबैभन्दा कमजोर पातारासी गाउँपालिकाले ४४ दशमलव १६ प्रतिशत अङ्क प्राप्त गरेको वित्त आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कको आधारमा मूल्याङ्क हुने गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष जुद्ध गुरुङले जानकारी दिए ।

आयोगले जारी गरेका १७ सूचाङ्कका आधारमा गाउँपालिका कर्मचारी र जनप्रतिनिधिले मेहनतका साथ काम गर्दे यो परिमाण देखा परेको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

वित्त आयोगले आर्थिक वर्ष २०८१।०८२ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

जुम्लाको हिमा गाउँपालिका वित्त आयोगको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

लेकवेशीमा कांग्रेस परित्याग गरी २५ घरपरिवार एमालेमा

जुम्लाको हिमा गाउँपालिका वित्त आयोगको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

घरदैलोलाई सशक्त बनाउँदै कमरुद्दिन राई

Leave a comment

Your email address will not be published. Required fields are marked *