थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु

बैङ्क, २९ माघ (रासस/सिन्ह्वा) ।

दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जालमार्फत आक्रमणमा एकजना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ ।

प्रहरीका आनुसार संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ अपराधीले प्रहरीबाट चोरी गरेको राइफलले अपराध गरेका थिए ।

सोङख्ला प्रान्तीय जनसम्पर्क कार्यालयले यस अघि एक बन्दुकधारीले हाट याई जिल्लाको एक विद्यालयमा आक्रमण गरी गोली चलाएको र शिक्षक र विद्यार्थीहरूलाई बन्धक बनाएको सङ्केत जनाएको थियो ।

थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु

लेकवेशीमा कांग्रेस परित्याग गरी २५ घरपरिवार एमालेमा

Leave a comment

Your email address will not be published. Required fields are marked *