सांसद पदबाट निष्काशित  भए राजकुमार शर्मा

सुर्खेत, २९ माघ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालिन माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई सांसद पदबाट निष्काशन गरेको छ । पार्टी केन्द्रको पत्रानुसार बुधबार शर्मालाई सांसद पदबाट निष्काशन गरेको जानकारी कर्णाली प्रदेशसभालाई गराइएको हो ।
शर्मा तत्कालिन माओवादी विभाजनपछि जनार्दन शर्मा समूहमा लागेका थिए । प्रदेशसभालाई जानकारी गराइएको पत्रमा शर्माले जानीजानी नेकपाको नीति, सिद्धान्त, उद्देश्य र आचरण विपरित गरेको कार्य पार्टीको र प्रदेश संसदीय दलको विधानविपरित भएको ठहर गरेको छ ।
यसअघि सोमबार बसेको नेकपा केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय समिति लगायत दलको सम्पूर्ण जिम्मेवारी र नेकपा कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो ।
सांसद पदबाट निष्काशित  भए राजकुमार शर्मा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

सांसद पदबाट निष्काशित  भए राजकुमार शर्मा

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका

Leave a comment

Your email address will not be published. Required fields are marked *