अपाङ्गता भएका महिलाहरु  समावेशी अवसरबाट बञ्चित

सुर्खेत, २७ फागुन । 

कर्णाली प्रदेशमा अपाङ्गता भएका महिलाहरू अझै पनि शिक्षा, रोजगारी, स्वास्थ्य, सार्वजनिक सेवा र पूर्वाधारमा समावेशी पहुँच र अवसरबाट वञ्चित रहेको सरोकारवालाहरूले बताएका छन् । वीरेन्द्रनगरमा सम्पन्न अपाङ्गता भएका महिलाहरूको समावेशी पहुँच र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायले यस्तो बताएका हुन् ।

अक्सफाम नेपालको सहयोगमा सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतले कार्यक्रम आयोजना गरेको हो । वाम संस्थाकी अध्यक्ष देवि पौडेलले अपाङ्गता भएका व्यक्तिका लागि नीजिदेखि सार्वजनिक संरचना अझै अपाङ्गतामैत्री नभएको बताइन् ।

‘सुर्खेतका होटलदेखि सार्वजनिक भवनसम्मका संरचना अपाङ्गतामैत्री छैनन्, तर बनाउनुपर्छ’ उनले भने, ‘को व्यक्ति कहिले अपाङ्गता हुन्छ भन्ने निश्चित हुदैन । त्यसैले सबै संरचनाहरु पनि समावेशी हुन आवश्यक छ ।’

संस्थाकी उपाध्यक्ष मञ्जुराना क्षेत्रीले अपाङ्गता भएका महिलाहरू नीति निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाजस्ता क्षेत्रमा अझै पछाडि परेको उल्लेख गरिन् । संस्थाकी कार्यकारी निर्देशक मधुरानी ढकालले अपाङ्गता भएका महिलाको समस्याबारे बस व्यवसायी र प्रहरीसँग समेत छलफल गरिएको जानकारी दिइन् ।

नेपालमा करिब ६ लाख ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये महिलाहरू झन् बढी सामाजिक विभेद र अवसरको अभावमा परेको उनले  बताइन् । कार्यक्रममा विभिन्न समूहगत छलफलका निष्कर्षअनुसार अपाङ्गता भएका महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात र सामाजिक सुरक्षामा सीमित पहुँच रहेको देखिएको छ ।

त्यस्तै ग्रामीण क्षेत्रमा शिक्षा प्राप्ति न्यून रहेको, स्वास्थ्य बीमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको तथा स्वास्थ्य सामग्री र सूचनाको अभाव रहेको पनि सहभागीहरूले औंल्याएका छन् ।  राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका अधिकृत मानबहादुर कार्कीले अपाङ्गता भएका महिलाको हकहितका लागि बनेका कानून प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताए ।

उनले आवश्यक परे कानून परिमार्जन गरेर भए पनि अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अपाङ्गता भएका महिलाको सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न, अपाङ्गतामैत्री सीपमूलक तालिममार्फत उद्यमशीलता प्रवद्र्धन गर्न तथा सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने सुझाव समूहगत प्रस्तुतिमार्फत दिइएको थियो ।

अपाङ्गता भएका महिलाहरु   समावेशी अवसरबाट बञ्चित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द

अपाङ्गता भएका महिलाहरु   समावेशी अवसरबाट बञ्चित

बालिका मृत्युको निष्पक्ष छानविन हुनुपर्ने माग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds