दाङमा साढे १० हजार बढी मत बदर

दाङ, २६ फागुन । 

दाङमा साढे १० हजार बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४.२५ रहेको छ । जिल्लामा सबैभन्दा बढी क्षेत्र नं १ मा बदर भएको छ । जहाँ ८० हजार ४४६ मत खसेकामा चार हजार ५७ मत बदर भएको छ ।

त्यस्तै, क्षेत्र नं ३ मा ८८ हजार ६१७ मत खसेकामा तीन हजार ७७६ मत बदर भएको छ भने क्षेत्र नं २ मा ८२ हजार ३०५ मत खसेकामा दुई हजार ८६५ मत बदर भएको छ । तर, जिल्लामा विगतका भन्दा भने यो निर्वाचनमा बदर मत घटेको छ । २०७९ सालको निर्वाचनमा चार लाख १४ हजार ९५६ मत खसेकामा १४ हजार ७०९ मत बदर भएको थियो । जुन ५.९२ प्रतिशत थियो ।

विगतमा गठबन्धन दलहरूबीच निर्वाचन हुने हुँदा चुनाव चिह्नमा समस्या हुने गरेको भए पनि अहिले त्यस्तो समस्या नरहेकाले पनि बदर मत केही घटेको हुन सक्ने सूचना अधिकारी कुँवरले बताए । यद्यपि उल्लेख्य रूपमा भने नघटेको उनको भनाइ छ ।

दाङमा साढे १० हजार बढी मत बदर

कर्णालीको अन्तिम ब्यालेट नतिजा :प्रभावशाली र चर्चित

दाङमा साढे १० हजार बढी मत बदर

कञ्चनपुर–२ मा १५ उम्मेदवारको जमानत जफत

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds