घुयँत्राे:“रिपोर्ट आउँदा चुनाव सकिने, दोषीहरू सरकार बनाउने लाइनमा !”

जेनजी आन्दोलनका अपराधी या दाेषि उपर कार्वाहि गर्न गठित कार्कि आयाेगकाे रिपोर्ट आउला र अपराधिहरु चुनाब अघिनै सजायका भागीदार हाेलान काेहि जेलमा सडलान काेहि चुनाबमा उठनै नपाएर बहुलाउँदै हिँडलान र राज्य शुसासनतिर माेडियला भन्या आयाेगकाे म्याद त झन थप्याथप्यै छन त के हाे याे ! कि त सरकार रिपोर्ट आउने बित्तिकै अपराधीहरलाई कार्वाहि गर्न तम्सिन पर्छ तर दलका नेता,कार्यकर्तारु कार्वाहि भाेग्न तयार छैनन त्यसैले सरकार जाने प्रतिवेदन आउने चाँजोपाँजो मिला त हैन सरकारले ! हुन त आयाेगले याे हाे अपराधि भनेर नदेखाएनि आगजनि र अपराधमा संलग्नहरुलाई सरकारले पक्राउ गरेनि पक्राउ परेका जेनजी हुन तिनलाई कार्वाहि गर्न हुन्न भनेर पुलिसलाई अपराधी मुक्त गर्न आदेश दिएर गृहमन्त्री ओम प्रकाश अर्यालले आफ्नो नाम जेनजी स्वर्ण पुस्तकाँ लेखाइ सक्याछन त्यसैले याे सरकारले कार्की आयाेगकाे कैले मैना दिन र कैले २५ दिनकाे म्याद थपेर घिसिपिटिकाे भूमिका खेलेर जनतालाई चुतिया बनाईराछ भनेर के गुनासाे गर्नु । त्यसाे त नेपालाँ ४७ सालदेखि ऐलेसम्म कैयाँ आयाेग गठन भए तर ती गठन भा का कुन चाईँ आयाेेगकाे प्रतिवेदन लागू भएर कुन चाईँलाई कार्वाही भा छ र कार्कि आयाेगले दाेषि देखा मान्छेलाई कार्वाही हाेला र ? यस्तै बेलाबेलामा भाका अपराध लुकाउँदै र अपराधीलाई खुला छाेडदै गर्दा त अत्याचार र भष्टाचारले सिमा नाघेपछि त भदाै २३ /२४ काे आन्दोलनले सिमा नाघेर देश खरानी भएकाे हाे भन्ने गरिन्छ । जति कुरा गरेनि सब्बै नेपाली त्यै ड्याङका मूलाहुन त्यसैले जेनजीकाे सरकार हाेसकि अन्य कुनै जीकाे सरकार प्रतिवेदनमा लेख्या कुरा लागू गर्न नदिन कैयाै राजनीतिक र आर्थिक दलालहरु कस्सियर अगाडि आउनेछन । यै कुरा बुझेरनै जेनजीकाे सरकारले गठन गर्या कार्कि आयाेगकाे प्रतिवेदन बुझाउने समय नयाँ दलवालाहरुकाे सरकारकाे जिम्मा लगाईने अबसर जुटाईएकाेछ ।याे सरकार गै सकेपछि प्रतिवेदन आउँदा जेनजी सरकारले काम गर्याे या गरेन भन्ने प्रश्ननै आउने छैन र जेनजीहरुलाई यसबाट मुक्ति दिन पनि सुशिला कार्कि सरकारले प्रतिवेदन बुझाउने मिति धकेलि दिएकि छिन । अब प्रतिवेन बुझाउन २५ दिनकाे म्याद दिईएकाेछ सम्भब त अबकाे २५ दिन पछि देशमा चुनाब सकिनेछ र दलहरु सरकार बनाउन हसिनपसिन गरेर लागि रहेकाहुनेछन र आयाेगलेनि सरकार बनेछि सुविस्तासित प्रतिवेदन बुझाउनेछ । प्रतिवेदन बुझ्ने बेलासम्म अर्काे सरकार आईसक्या हुन्छ ।नयाँ आउने सरकारले यसमा कुनै सराेकार वा चासाे देख्न वा नदेख्न सक्छ अनि त्याे लाखौं खर्चेर बनाकाे प्रतिवेदनकाे काम ! हिजाेका सरकारले पुस्तकालयमा लगेर सजाय झैँ सजाउने काम मात्रै हुन्छ । त्यसाे त जेनजीकाे सरकार अर्थात रबिकाे सरकार आयाे र प्रतिवेदनाँ आँफुले बदला लिन पर्ने मान्छ्या नाम देखेछ भनेत कार्वाहि गर्ने भनेर प्रतिवेदन सकार्ला हैन प्रतिवेदनाँ सिंहदरबार,अदालत र सरकारी कार्यालय र नेताहरका घरजति सब् खरानी पार्नेमा जेनजीहरकाे नाममात्रै देखियाे भने नत रबि न बालेन ! या हाेस सुदन गुरुङ कसैलेनि याे प्रतिवेनले देखाएका अपराधिकाे छानविन र कार्वाहि गर्न दिँदैनन । अनि याे लाखौं खर्चेर बनाएकाे प्रतिवेदन फगत कागजकाे चिर्पेटाे सावित हुनेछ । आखिर जेनजीकै सरकारले लाखौं लुटाएर बनाएकाे चिजकाे पनि केही काम हुँदाे रहेनछ भन्ने कुरा जेनजीलेनि राम्रैसित मनन् गर्ने छन ।






