घुयँत्राे:ज्योतिषले धोका दियो, जेनजीले धक्का दियो: देउबाको प्रधानमन्त्री सपना खरानी!

सँधैभरि ग्रहगाेचर र ज्याेतिषकाे भविष्यवाणीकाे भरमा राजनीति गर्ने देउबाका ग्रहदशा याे चाेटि नराम्रैसित बिग्य्रारैछन कि क्या ! खासमा यििनलाई सन २५ फापेन । पालैसित प्रधानमन्त्री खाम्ला भनेर कागजगर्यानि भदाैरे आन्दोलना जेनजीले लछारपछार पारेर बिचराकाे धन्नै ज्यान लेनन । त्स्ताे सुखसयल र सुरक्षा बस्या मान्छेलाई नि मरणासन्न हुने गरि पिटेर बिचरा अस्पतालै भर्ना हुनु पर्याे । त्यति मात्र हाेर स्वास्नी आर्जुले माटाे मुनि लगेर लुकाकाे पैशानि उदिन आदिन पारेर करेाडाैँकाे संख्यामा जलाएर सारा संसारले डलर र पाउण्ड अनि यन रियाल सबैथाेक डढेकाे दृष्य देखे ।

नजिका त देउबा निवासमै पुगेर जल्या नाेटकाे गन्धमात्रै सुँघेनन कि यसाे हात घुसारेर नडढ्यानाेट पाकेटाँ हालेर नि ल्याए । जेनजीकाे विध्वंसले विचरा देउबाकाे आधा अाधा प्रधानमन्त्री खाने ओलि सितकाे सम्झाैता मात्रै जलेनकि सारा सम्पति सहित प्रधानमन्त्री ओलिकाे हाताट प्रधानमन्त्री गएछि देउबाकाे छैटाैँ पटक प्रधानमन्त्री बन्ने जाेतिषिकाे भविष्यवाणी नि जेनजिकाे आगाेमा खरानी बनेर गयाे । घर बाहिरका शत्रु लागेर करिब ३५ बर्षदेखि कमाकाे राजनी र धन सम्पति स्वाहा भएनि पाटि सभापति त छु नि भनेर चित्त बुझाईरा बेलाँ फेरि घरभित्रकै शत्रु गगन र वपश्व लागेर पाटिबाटै अपहरण गर्ने खेलखेलेछि विचरा देउबा ऐले मर्नु न बाँच्नसकाे संघाराँछन । जेनजीहरले आन्दोलन गरेर बुढानेताहरु पाटि छाेडेर बस भनेर उर्दि गर्दागर्दै उनरकाे कुरालाई टेरपुच्छर नलाएर सुध्रिने र नीति परिवर्तन गर्ने तकुरै छाेडम झनझन कडा बन्दै कमिनिष्टहरुसित साँठ गाँठ र चुनाबि गठबन्धनतिर लाएछि पाटि भित्रैकाले लखेटेछि ऐले विचरा देउबा ” ओरालाे लाग्या मृगलाई बाच्छाेलेनि लखेटछ” भन्ने उखानका शिकारभा छन ।

जेनजीले जति डढाएनि याे चाेटिकाे चुनाबाँ टिकट बेचेर कमाउँछु र त्यति भएछि मरुन्जेललाई पैशा दुख हुन्न भन्ने साेचेर चुनाब पछि महाधिवेशन गराैँला भनेर महाधिवेशनलाई थाँति राख्यात झन त्यै महाधिबेशननै घाँडाे भाे विचरालाई । महाधिवेशन गर्न दिन्नस भने विशेषै सहि भनेर दुईटा महामन्त्री भनाउँदाले पदै हस्तान्तरण गर्न नपाई खाेसेर लईदिने भएछि बिचरालाई कम मर्नु भाछ । हिजाेसम्म ५४ प्रतिशतले सहि गर्याछन भन्या त ऐले त ८० प्रतिशतै जम्मालभै सकेरे महाधि वेशनाँ । महाधिवेशन प्रतिनिधि हुम भनेर राम्या सट्टा श्यामे आएनि त्याँ कल्ले राेक्ने भाे र तँ प्रतिनिधि हैनस भन्ने भाे । त्यसै सन २५ ले विचरा देउबालाई नराम्ररी छक्क्याउनेभाे । उनका साथाँ लाएर अरु कतिकति सहिद हुने हुन था छैन । भाेलि जे सुकै हाेस तर आज थापा र शर्माले विशेषअधिवेशनका नाममा देउबाहरकाे घाँटिधस्ने मात्रै हैनकि आउने दिनाँ रुखाट राजनीति गर्ने बाटाे बन्दै गर्ने निश्चित देखियाे । बरु आउन लाकाे चुनाबाँ देउबा पक्षहरु कुन चुनाब चिन्हाट लडने हुन कुन्नि सूर्यकि तारा ! ऐल्यै भन्नलाई चाईँ गाह्रै हाेला अघिल्लाे पटक गिर्जाले हैरान बनाएछि कलस लिएर दगुरादगुर गर्या देउबालाई फेरि पनि गिरजाकै सन्तान शेखरले लखेटने भए हेरम् काँ सम्म पुग्दारैछन ।

यीनरकाे याे खेल देख्दा त हत्तेरी राजनीति भन्यात गर्ने चिज हैनछ आफ्नैले उठिबास गराउँदा रैछन भन्ने पाे लायाे त यार ! धन्य हाे काँग्रेसीहरु अँझ जिल्लाँ कति उधुम मच्चाउने हुन त्याे त हेर्नै बाँकिछ । त्यसैले याे ग्रहदशा हेराई हेराई गर्ने राजनीति भन्दा पाखुरा देखाई देखाई पाखुराभराँ गर्ने राजनीति पाे भरशिलाे हाेला जस्तो पाे लायाे त ! त्यसैले तपाँहरलेनि राजनीति गर्दा बिचार गर्नु हाेलाहै नत्र देउबाले झैँ दुख पाउनु हाेला । तर हामी रमित्यालागि चाईँ जाे आएनि हाम्राे पिँडालुबारी फाँड्दिनेनाई चुप्प लाग्ने रमिता हेर्ने कि कसाे !

घुयँत्राे:ज्योतिषले धोका दियो, जेनजीले धक्का दियो: देउबाको प्रधानमन्त्री सपना खरानी!

जुम्ला कारागारमा कैदीबन्दीको स्वास्थ्य जाँच

घुयँत्राे:ज्योतिषले धोका दियो, जेनजीले धक्का दियो: देउबाको प्रधानमन्त्री सपना खरानी!

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds