दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

दार्चुला, २६ पुस ।

जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् ।

आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् । मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मालिकार्जुनका अध्यक्ष हिरासिंह धामीका अनुसार भवन निर्माणको सबै काम सम्पन्न भइसकेको छ । एक महिनाभित्र नयाँ प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । “यसअघि २०७४ देखि २०७९ सम्म भाडाका भवनमा पालिका सञ्चालन हुँदै आएको थियो”, अध्यक्ष धामीले भने, “हामी निर्वाचित भइसकेपछि सरकारी भवन प्रयोग गर्‍यौँ ।”

दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds