कर्णालीका १२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

सुर्खेत, २५ फागुन ।
कर्णालीका ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सार्वजनिक अन्तिम नतिजा अनुसार कर्णालीमा नेपाली कांग्रेस ५ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ४ सिट, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा एक/एक सिट जितेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १/१ स्थानमा विजयी भएका छन् । कांग्रेसका सुर्खेत–१, विष्णुबहादुर खड्का, दैलेख–१ मा बासना थापा, जाजरकोटमा खडकबहादुर बुढा, हुम्लामा जयपति रोकाय, मुगुबाट काँग्रेस उम्मेदवार खडक बहादुर शाही विजयी भएका छन् ।
नेकपका रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेशकुमार मल्ल, डोल्पाबाट धनबहादुर बुढा, कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन् । एमालेले भने दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल मात्र विजयी भएका हुन् । सुर्खेतमा स्वपाका रमेशकुमार सापकोटा र जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । मुगुमा काँग्रेस उम्मेदवार विजयी भएका छन् ।
डोल्पामा नेकपाका बुढा विजयी
एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी भएका छन् । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत ल्याएर विजयी भएका हुन ।
रोकायले पाँच हजार ३९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए । त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गरेका छन् । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।
हुम्लामा कांग्रेसका रोकाया विजयी
प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गरे । त्यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरे । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।
मुगुमा कांग्रेसका शाही विजयी
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गरे ।
शाहीका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर रोकायाले छ हजार ७१८ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रंगवीर परियारले २८० मत प्राप्त गरे । जिल्लामा ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ मत खसेको थियो । कांग्रेसका शाही नेपाली काँग्रेस मुगुका पूर्व पार्टी सभापति हुन ।
रुकुमपश्चिममा नेकपाका शर्मा विजयी
रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन् ।
यही फागुन २१ गते भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गरेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सो जिल्लामा एक लाख ६ हजार ६६९ मतदाता रहेका थिए । त्यसमा ५४ हजार २६३ पुरुष र ५२ हजार ३९६ महिला मतदाता रहेका थिए ।
सल्यानमा नेकपाका मल्ल विजयी
प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे ।
त्यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा थिए । यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।






