चुनावी खर्च बाट बचेको १ लाख रकम सिंजा १ काे बिद्युत मर्मतमा खर्च

काली बहादुर परियार
जुम्ला ,२५ फाल्गुन ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनऋषि धिताल ले चुनावी खर्चबाट बचेको रकम सामाजिक कार्यमा प्रयोग गर्दै उदाहरणीय काम गरेका छन् ।
उनले निर्वाचनका क्रममा बचत भएको १ लाख ५० हजार रुपैयाँ जुम्लाको सिंजा गाउँपालिका–१ स्थित जाँच गाउँमा विद्युत् मर्मतका लागि सहयोग गरेका हुन् । चुनावकाे खर्च जुटाउन धितालले किताब बेच्ने काम गरेका थिए ।
किताब बेरेर संकलन गरेकाे रकम धितालले चुनाव खर्चमा लगानी गरेका थिए । उक्त संकलित रकम चुनाव खर्च बाट बचेकाे १ लाख ५० हजार रकम बिद्युत मर्मतका लागि सहयाेग गरेका हुन् ।
चुनावी प्रतिस्पर्धा सकिए पछि अधिकांश उम्मेदवारहरू आफ्नो राजनीतिक गतिविधिमा केन्द्रित हुने गरेका बेला धितालले भने बचत भएको रकम गाउँको विकास र नागरिकको सुविधाका लागि खर्च गर्ने निर्णय गरेका हुन् ।
केही हप्ता देखि जाँच गाउँमा विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको थियो । बिद्युतकाे इन्जिनमा समस्या रहेकाे हुदा सहयाेग गरेकाे धितालकाे भनाइ छ । सिंजा गाउँपालिका १ जाँच गाउँकाे कुइरी मारे डापकान लघु जलबिद्धुत आयाेजनाकाे बिद्युत गृहकाे इन्जिनमा समस्या हल गर्न सहयाेग रहेकाे बताए ।
समस्यालाई मध्यनजर गर्दै धितालले चुनावी खर्चबाट बचेको रकम विद्युत् मर्मतका लागि प्रदान गरेकाे बताए । उनका अनुसार चुनावका क्रममा खर्चका लागि राखिएको रकम सबै खर्च नभएपछि त्यसलाई अनावश्यक रूपमा खर्च गर्नु भन्दा जनताको प्रत्यक्ष आवश्यकता पूरा हुने क्षेत्रमा प्रयोग गर्नु उचित ठानेको बताए।
चुनावका बेला खर्चका लागि राखिएको रकम सबै प्रयोग भएन । बाँकी रहेको पैसा अनावश्यक काममा खर्च गर्नु भन्दा जाँच गाउँमा उज्यालो ल्याउने काममा सहयोग गर्नुपर्छ भन्ने लागेकाले सहयाेग गरेकाे बताए । विद्युत् सेवा सुधार हुँदा स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता आउने अपेक्षा गरेकाे उनकाे भनाइ छ ।
धितालले प्रदान गरेको सहयोग रकम गाउँमा बिग्रिएका विद्युत् लाइन, तार तथा अन्य संरचना मर्मत गर्न प्रयोग गरिने कुइरी मारे डापकान लघु जलबिद्धुत आयाेजनाका अध्यक्ष भक्त बहादुर नेपालले जानकारी दिए ।
उनका अनुसार, हप्ता दिन देखि इन्जिनमा केहि समस्या आएकाे हुनाले बिद्युत आपूर्तिमा समस्य रहेकाे बताए । धितालले गरेकाे सहयोगले गाउँमा हप्ता दिन देखि देखिएको विद्युत् समस्याको समाधान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको हमालकाे भनाइ छ ।
अध्यक्ष हमालले भने, धितालको पहललाई सकारात्मक रूपमा लिएका बताए । चुनाव सकिए पछि पनि जनताको समस्या र आवश्यकता प्रति ध्यान दिएको भन्दै धितालको कार्य प्रशंसा याेग्य रहकाे बताए ।
उनका अनुसार विद्युत् सेवा नियमित नहुँदा घरायसी कामकाज, बालबालिकाको पढाइ र साना व्यवसायमा समेत असर परेको थियो । हामीले धेरै पटक मर्मतका लागि पहल गरे पनि वडा सरकार र गाउँपालिका सरकारले वास्त नगरेकाे बेला धितालले ठुलाे गुन लाएकाे बताए ।
स्रोत अभावका कारण काम अगाडि बढ्न सकेको थिएन, एक स्थानीयवासीले भने, धितालले सहयोग गरे पछि अब विद्युत् मर्मतको काम अघि बढ्ने अपेक्षा गरेका छौ । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै धितालले आगामी दिनमा पनि सम्भव भए सम्म सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनका अनुसार राजनीति केवल चुनाव जित्ने माध्यम मात्र नभई समाजका समस्या समाधान गर्ने माध्यम पनि हुनुपर्छ । स्थानीय तहका जनप्रतिनिधि तथा समुदायका अगुवाहरूले पनि धितालको कदमलाई सकारात्मक सन्देश दिने कार्यको रूपमा लिएका छन् ।






