अखिल महिला संघले वीरेन्द्रनगरमा उतार्दै ६ सय महिला

सुर्खेत, २६ माघ ।

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगर कमिटीले आगामी फागुन २ गते भातृ तथा पेसागत संगठनमा आबद्ध महिला पदाधिकारीहरूको भेला आयोजना गर्ने तयारी गरेको छ । अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष टिका घलेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा वीरेन्द्रनगर निर्वाचन परिचालन संयोजक मोहनमाया ढकालले नेकपा एमालेका भातृ तथा शुभेच्छुक संघ–संगठनमा आबद्ध ६ सयभन्दा बढी महिलाहरूलाई भेलामा सहभागी गराइने बताइन ।

उनका अनुसार उक्त भेला आगामी निर्वाचनलाई लक्षित गर्दै जनतामाझ कसरी जाने, महिला शुभेच्छुक संगठनको भावी रणनीति तथा निर्वाचनमा संगठनात्मक भूमिका के रहने भन्ने विषयमा केन्द्रित हुनेछ ।

संयोजक ढकालले सबैको साझा प्रयासबाट मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने उल्लेख गर्दै सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरिन । उनले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित लगभग सुनिश्चित रहेको दाबी गर्दै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गरिन  । बैठकमा नेकपा एमालेका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने महिला प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो ।

अखिल महिला संघले वीरेन्द्रनगरमा उतार्दै ६ सय महिला

लागुऔषध सेवन गरी सवारी  चलाउने ६ चालक

Leave a comment

Your email address will not be published. Required fields are marked *