पूर्व मुख्यमन्त्री शर्मालाई सांसद पदमुक्त गर्ने नेकपाको तयारी

सुर्खेत, २६ माघ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको नीति, विचार र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएको भन्दै पत्र प्राप्त भएको चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
नेकपाले पठाएको स्पष्टीकरण पत्रमा केही समययता शर्माले आफू आवद्ध दलको नीति, विचार, सिद्धान्त र दर्शनविरुद्धका गतिविधिमा सक्रिय भई पार्टीको हितविपरीत काम गरेको उल्लेख छ । सामाजिक सञ्जालमार्फत पनि यस्ता गतिविधि पुष्टि भएको भन्दै पार्टीको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका सदस्यको हैसियतले पूरा गर्नुपर्ने जिम्मेवारीसमेत निर्वाह नगरेको आरोप लगाइएको छ ।
पत्रमा नेकपा विधान २०८२ को धारा १०५ (क), (ख), (घ) र (ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै धारा १०६ (१)(क) बमोजिम प्रक्रिया अघि बढाई धारा १०६ (२) अनुसार पार्टी सदस्यताबाट निष्कासन किन नगर्ने भन्ने प्रश्न गरिएको छ ।
साथै कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०८२ को धारा ९ अनुसार तोकिएका कर्तव्य पूरा नगरेको उल्लेख गर्दै संसदीय दलको सदस्यबाट समेत हटाइनुपर्ने आधार प्रस्तुत गरिएको छ । स्पष्टीकरण पत्रमा संसदीय दलको विधानको धारा ११ (४) र (५) अनुसार संसदीय दलको सदस्यबाट किन नहटाउने भन्ने विषयमा पनि २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिइएको छ ।
तोकिएको समयभित्र स्पष्टीकरण नआए पार्टी विधानअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ । स्पष्टीकरण पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । शर्माले केही दिन अघि संसदीय दलको नेताबाट राजीनामा दिइसकेका थिए ।
पछिल्लो समय उनी जनार्दन शर्मा सहभागी प्रगतिशिल लोकतान्त्रिक पार्टीमा सक्रिय देखिँदै आएका छन् । उनी शर्माको चुनावी अभियानमा समेत संलग्न देखिएपछि नेकपाले पार्टी केन्द्रीय सदस्य र कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने तयारी गरेको हो ।
पूर्व मुख्यमन्त्री शर्मालाई सांसद पदमुक्त गर्ने नेकपाको तयारी

निर्वाचन २५ दिन बाँकी : कसलाई मतदान

पूर्व मुख्यमन्त्री शर्मालाई सांसद पदमुक्त गर्ने नेकपाको तयारी

प्रहरीका अधुरो भवन पूरा गर्न रकम दिने

Leave a comment

Your email address will not be published. Required fields are marked *