घुयँत्राे:“भ्रष्टाचारको पहाड चढेका नेता, भोटको भेलले एकैचोटि बगायो!”

ढिलाे चाडाे चुनावि परिणाम त आउथ्याेनै तर पनि वलि सरकारकाे हिंसा र कार्यकर्ता प्रतिकाे बदलाकाे खेल अनि काँग्रेस सदैब अपराधि र भष्टाचारीलाई बचाउने खेलमा लाग्दा जन्मिएकाे जेनजी विद्राेहले छिटै निम्त्याएकाे चुनाबले ती अपराधि र भष्टाचारीदलकाे एकै पटक सत्यानास गरेर लग्याे । कार्यकर्ता र जनता सदैब भष्टाचारका घटना देखाएर कार्बाहिकाे मागलाई उचाे आवाजमा उठाउन लागे तर काँग्रेस एमालेका नेताहरु उल्टै आवाज उठाउनेका विरुद्ध खनिए र भष्टाचारकाे थुप्रो ठड्याउँदै गए । त्यसका निम्ति दलका नेता मात्र हैन देशकाे कर्मचारी प्रशासनदेखि लिएर हरेक क्षेत्रमा भातृ भगिनि र शुभेच्छुक वर्गीय संगठनहरु खाेलिएर र ती क्षेत्रमा तिनै संगठनका सदस्य मार्फत भष्टाटाचार र बेथितिकाे पहाड बनाईयाे अनि दल र संगठनहरु मिलेर देशलाई चुस्नसम्म चुसेर खाेक्राे बनाईयाे भष्टाचारी नेताका अगल बगलमा बस्ने र नेतालाई खादा र माला ओढाएर चुक्लि र चाप्लुसि गर्नेहरुले नेतालाई जनताकाे चाहना भन्दा यति टाढा पुर्याई दिएकि जुनकुरा कुनै नेताले थाहै पाएनन भने कतिले थाहा पाएर नि आफ्ना यस्ता दुर्दिन आउलान भन्ने कल्पनासम्म गरेनन । विशेष अधिवेशनमा दुई तिहाईबाट गगन थापा नेता चुनियकाे दम्भले काँग्रेसले आफ्नाे सबै साख: गुमायाे भने वलिकाे अँझै २० बर्ष पाटि अध्यक्ष र प्रधानमन्त्री खाने ढिपिले चुनाबमा याे हरिविजाेग बनायाे । झापा ५ का तिनै जनता हुन जसले हिजाे पचासाै हजार मत दिएर पठाएका थिए भने आज ५० आैँ हजार मत उनका विरुद्धमा दिएर पठाएका छन । यी मत पाटिका विरुध्द हैनकि नेताका विरुद्ध खनिएका हुन । यसपटककाे निर्वाचनले जनताकाे आवाजलाई कहिल्यै पनि वेवास्ता गर्नु हुँदैन भन्ने पाठ राम्रोसँग सिकाएकाेछ । हामी सबैकाे साझा शत्रु भनेकाे राेग,भाेक, अशिक्षा र बेराेजगारी हाे जबसम्म यी कुरालाई जरैदेखि उखेल्न सकिन्न र यसका विरुद्ध अभियान चलाउन सकिन्न तबसम्म जनताले फेरिफेरि पनि यसरिनै दण्डित गर्नेछन भन्ने कुरा नेताहरुले बुझ्न जरुरीछ ।यसपटककाे चुनाबि परिणाम दलहरुकाे राजनीतिक संगठन कमजाेर भएर हैन कि विगत ३५ बर्षदेखि शासन चलाउँदै गर्दा यिनिहरुले गरेका भष्टाचार ,नातावाद,अनि याे प्रविधिको युगमा आएर नि आँफुले गरेकाे भष्टाचार र बेथिति लुकाउन कानुननै ल्याएर सामाजिक सन्जालनै बन्द गरेर जनताकाे मुख थुन्न गरिएकाे परिणाम नै हाे । विकाशका याेजनामा चर्म भष्टाचार र लापर्वाहि अनि याेजना निर्माणमा आर्थिक ब्यभार थप गरेर भष्टाचार गर्न ठेकेदारहरुलाई काम गर्नका लागि अत्याउनु भन्दानि म्याद थप्दै लगेर याेजनामा आर्थिक ब्ययभार बढाएर लग्ने प्रवृतिले ताेकेकाे समयमा कुनै पनि काम नहुनेर सम्पूर्ण कामहरु लथालिङ्गकाे स्थितिमा पुर्याउने दलहरुकाे नीतिकाे पनि परिणाम हाे रास्वपाले देशैभर अरु दललाई बढार्दै लैजानु । देशैले अब दलहरुले धेरै समीक्षा केही गर्नु पर्दैन , भष्टाचारकाे अन्त्य , विकाश निर्माणका आयाेजना ताेकेकाे समयमा पूरा गर्ने, संविधानले ताेके बमाेजिमका काम गर्ने , मन्त्रलय, घटाउने, प्रतिनिधि घटाउने, कर्मचारी ६० प्रतिशत घटाउने,अर्थात खर्च ब्यवस्थापन गर्न सक्ने जतिकाम पहिले गर्दै जाने र ४७ सालदेखि भष्टाचारकाे खेलमा लाग्ने, देशकाे उद्योग धन्दा बेच्ने, शिक्षालाई ब्यापारीकरण गर्नेहरुलाई बिस्तारै कार्वाहिकाे दायरामा ल्याउने साेच बनाईयाे भने देश बन्छ । काम नगर्ने सपना मात्रै बाँडने र आशाकाे त्यान्द्राेमा मात्रै झुण्ड्याइ रहने दलकाे अब काम छैन । अब जाे जनतालाई नढाँटि यथार्थ कुरा जनताका अगाडि राखेर राजनीतिमा आउँछ । त्यसैले बाजि मार्छ त्यसकारण दलमा यी कुरामा चेतना फिरे दिन आउन सक्छन । अन्यथा ६ साले पाटि र ७ साले पाटि भनेर जनताले भाेट दिन्नन । पुराना दलमा याे चेतना आउला कि नाई ?






