२०८२ फाल्गुन २५ गते
×

Now Playing

कर्णालीमा पुरानै दलको दबदबा

ओम शाही 

सुर्खेत, २४ फागुन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्र मध्ये सात क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । यो समाचार तयार पार्दासम्म सल्यान, रुकुम पश्चिम, डोल्पा, हुम्ला र मुगको अन्तिम नतिजा आइसकेको थिएन । मतगणनाको प्रारम्भिक नतिजा अनुसार मगुमा एमाले, डोल्पा र हुम्लामा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार कर्णालीमा कांग्रेसले तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक, नेकपा एमालेले एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक उम्मेदवारले जित निकालेका छन् । यी जिल्लामा पुरानै दलहरुको बर्चश्व देखिएको छ । अन्तिम मतपरिणाम आएका जिल्लाहरुमा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोट छन् ।

जसअनुसार सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विष्णुबहादुर खड्का विजयी भएका छन् । खड्काले २६ हजार आठ सय ९७ मत प्राप्त गरी विजयी हुँदा एमालेका ध्रुवकुमार शाकहीले १८ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । यस्तै, रास्वपाका टेकबहादुर सिंहले १४ हजार सात सय २९ पाएका छन् । नेकपाका जीतबहादुर रानाले २ हजार ८२८ र राप्रपाका रविकिरण हमालले एक हजार ४९ मत पाएका छन् । यस्तै, सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेको छ ।

रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटा ३० हजार आठ सय ४२ मत प्राप्त गरी नतिजा आफ्‌नो पक्षमा पार्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार तीन सय ७८ मत प्राप्त गरे । उनीहरु बीचको मतान्तर १४ हजार चार सय ५४ छ । सापकोटाको जितसँगै रास्वपाले कांग्रेस र एमालेको गढ प्रदेश राजधानीमा सानदार झण्डा गाडेको छ । यस क्षेत्रमा २०४८ यताका निर्वाचनमा अधिकांश निर्वाचनमा प्रतिस्पर्धी रहने कांग्रेस एमालेको बर्चश्व रास्वपाले तोडेको छ ।

त्यस्तै, जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही विजयी भएका छन् । उनले निकट्तम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहीले १४ हजार आठ सय १६ प्राप्त  गरि विजयी हुँदा भण्डारीले ११ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् । यो उनको दोस्रो जित हो । उनी गएको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए ।

दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा १२ वर्षपछि नेपाली कांग्रेस–कम्युनिस्टको गढमा प्रवेश गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिह्न रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले यसपटको विषमपरिस्थतिमा बासना थापालाई विजयी बनाएका छन् । कुनै समय कांग्रेसको गढ मानिएको यो क्षेत्रमा गठबन्धन संस्कृतिका कारण हलो र हसियाँ हथौडामा भोट हालेका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले यस पटक राजनीतिक रूपमा अनुभवी र पाका नेतालाई पाखा लगाउँदै थापालाई सांसद चुनेका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा थापाले १२ हजार तीन सय ७२ मत प्राप्त जित निकालेकी छन् । थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर पाँच सय ७६ छ ।

थापालाई चुनौती दिएका रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार एक सय ५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले चार हजार दुई सय ५६ मतका साथ लज्जास्पद हार व्यहोरेका छन् । दैलेख–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलले १३ हजार आठ सय ८९ मत प्राप्त गर्दै संसद यात्रा तय गरेका हुन् ।

पोखरेलका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार पाँच सय ५२ मत ल्याएका छन् । पोखरेलले जित निकालेसँगै गएको निर्वाचनमा गठवन्धनका कारण झिनो मतान्तरले हार्न पुगेका पोखरेलले शाहीसँग बदला लिएका छन् । तत्कालिन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार बनेका शाहीले उक्त निर्वाचनमा २० हजार एक सय ८३ मत ल्याएका थिए भने पोखरेलले २० हजार ३० मत पाएका थिए ।

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । बुढाले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शक्तिबहादुर बस्नेतलाई हराएका छन् । बुढाले २० हजार एक सय ४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार चार सय सात मत प्राप्त गरी उपविजेता बने । नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार आठ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाए । बुढा कांग्रेस जाजरकोटका कार्यवाहक सभापति हुन् । कांग्रेसनिकट विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका बुढा २०७४ सालमा शिवालय गाउँपालिकाको अध्यक्षमा पराजित बनेका थिए ।

प्रतिनिधिसभाको निर्वाचनमा कालीकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । शाही ११ हजार तीन सय ३० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार दुई सय २२ मत ल्याएका छन् । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही विजयी भएका छन् । उनले निकट्तम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहीले १४ हजार आठ सय १६ प्राप्त  गरि विजयी हुँदा भण्डारीले ११ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् । यो उनको दोस्रो जित हो । उनी गएको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए ।

कालीकोटमा नेकपाका शाही विजयी

कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।

यस्तो छ शाहीको राजनीतिक यात्रा 

वि.सं.२०३३ माघ १५ गते पचालझरना गाउँपालिका ९ (साबिकको नानीकोट गाविस. ८ कोटिला) कालिकोटमा जन्मिनुभएका शाही वडीमालिका माध्यामिक विद्यालय रास्कोटबाट एसएलसी उत्तीर्ण  गरेका छन् ।

वि.सं.२०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु गरेका थिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत भएका थिए । उनी २०५२ सालदेखि नेकपा (माओवादी) पार्टीको भूमिगत राजनीतिमा संलग्न भएका थिए ।

तत्कालीन जनयुद्धमा होमिएसँगै शाहीले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गरे । जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमै काम गरे ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज र हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता छन् । वि.सं.२०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुक सङ्घीयतामा गएपश्चात् २०७४ मंसिरमा सम्पन्न चुनावमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले उक्त सालको फागुनदेखि २०७८ सम्म कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी वि.सं. २०७० मा संविधानसभा सदस्य, ०७९ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

कर्णालीमा पुरानै दलको दबदबा

सरकारले अभिभारा पूरा गरेको छ,  निर्वाचित जनप्रतिनिधिलाई

कर्णालीमा पुरानै दलको दबदबा

बाँकेका दुई क्षेत्रमा रास्वपा, एक क्षेत्रमा एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds