घुयँत्राे:धामीको धक्का र कम्युनिष्टको चमत्कार : कालिकोट चुनावमा देउता पनि कन्फ्युज!

सामाजिक सन्जाल काेट्याउँदै गा काे याैटा धामीले नेपाली कमिनिष्ट पाटिका नेता तथा कालिकोटबाट फागुन २१ का उमेदवार बनेका महेन्द्र बहादुर शाहि चुनाब जिताई दिन धामीका धक्कामुक्का सहँदै थिए ।मानम कसैलाई जिताउने हात धामीकै हाताँछ झैँ गरि धामीलेनि शाहिजीलाई अक्षता छर्किँदै कालिकाेटकाे चुनाब तैँल्यै जित्छस भनेझैँ गरि फलाक्दै थिए । हिजाे १० बर्षकाे जनयुद्धमा मठमन्दिरमा पूजा गर्दा माओवादि युध्दनै असफल हुन्छकि भनेझैँ गरि हिन्दु अधपराज्यका जनतालाई हिन्दू विधि अनुसारका पूजापाठ नै गर्न नदिने माओवादिकाे नीति एक्कासी कसरी परिवर्तन भएछ र आज माओवादिहरु देउताका शरणमा पुगेछन यिनरकाे हर्कत देख्दानि जनयुध्दका बेलादेखि दिक्क भएका जनता ऐलेनि त्यै दिक्दारी अबस्थाँछन । हिजाे माओवादि युध्दका नाममा कसैका घरमा पूजापाठ गर्न नपाईने, मृत्युुमा काजकिरिया गर्न नपाइने,सत्यनारायणका कथा र लाखबत्ति जस्ता धार्मिक कार्यक्रम गर्न नपाईने र यतिसम्मकि कैले काईँ त विवाह र न्वारान समेत गर्न नपाईने अनि जात्रा महाेत्सब गर्न नपाईने यस्तो विधिवंश गरेका माओवादिहरुले चुनाब जित्न धामी,झाँक्री र ज्याेतिषका घर खाेज्दै हिँडिरहेकाछन । त्यतिमात्रै हाे र संविधान सभा र त्यसले बनाकाे संविधान चाईयाे अरुले बनाकाे संविधान माओवादिका लागि चल्दैन भनेर दुईदुई अबधि संबिधान सभा चलाएर संविधान लेखे नि आखिर दशैंबर्षनि पूरा नचलि याे संविधानकाे काम छैन संविधान संसाेधन गर्नु पर्छ भनेर रावनीतिक गठबन्धनाँ सरकार बनाउँदै ढाल्दै गरेभने भदैारे जेनजी आन्दोलनले त याे संबिधान मान्दैनम् अर्काे संविधान लेख्नु पर्छ भनेर नेताहरलाई लखेटालखेट पारेछि कतै मलाई नि सिध्याउँछन कि भन्ने डरले रातारात प्रचण्ड कमरेडले कमिनिष्ट एकतागर्ने नाममा आफ्नो पाटिकाे नामै खाईदे र माओवादि भन्ने ब्रान्ड नै सिध्याए । जङ्गलाट सदनाँ गा काे दशै वर्षा कार्यकर्ताकाे बिचल्लि बनाउनुथ्याे त दिनदहाडै कार्यकर्तालाई उल्क्याएर जनताकाे अास्था मठ मन्दिर ,देवालय, शिवालय किन भत्काउनु ? आखिर जाँबाट मन्दिर भत्काउन र पूजापाठ गर्न राेक लाईयाथ्याे त्यै ठाउँमा आफ्ना कार्यकर्ताहरु धार्मिक आस्था बाेकेर चुना जित्ने सपना देखेर आउनु पर्दाे रैछ नि त ! प्रचण्ड स्वयं र उनका कार्यकर्ताहरु आफ्नो फाईदाका लागि जेपनि गर्छन है भन्ने कुरा यसपटक जनताले राम्रै बुझे । जेनजी आन्दोलनले बुढापाटि र बुढा नेतालाई राजनीतियाँ आउन नदिने बहस छेडेछि रातारात पाटिकाे नाम बदलेर पाटि अध्यक्षकाे सट्टा पाटि संयाेजक भएर फुर्ति साथ जेनजीहरलाई म त पुरानाे हैन है नयाँ भाछु । पाटिकाे नाममात्रै हैन पदपनि नयाँ बनाछु भनेर चुनाबाँ कस्सियर हिँडेका प्रचण्ड चुनाब जितेर सरकार बनाउलान नबनाउलान तर म परिवर्तनशिल छु है भन्ने देखाउन चाइँ सफल भएकै हुन । अबस्था अनुसारकाे ब्यवस्था गरिहाल्न नचुक्ने प्रचण्ड र तिनका कार्यकर्ताकाे रङ फेराईमा कालिकोटे जनताले साथदिन्यै त हाेलान । माओवादिका नाममा महेन्द्र शाहि र प्रकाण्डले राेजेकाे चुनाबि थलाेमा कसले झण्डा गाडदाे रैछ हेरम् । शाहि र प्रकाण्ड दुबै प्रचण्डका लागि लड्डु नै सावित हाेलान! प्रकाण्डले जिते पुराना कार्यकर्ता शाहिले जिते भै रा कार्यकर्ता ! यति भएछि प्रचण्डकाे नेपाली कमिनिनिष्ट पाटि कालिकाेटाँ हाई हाई हुने त हाेला ।






