दैलेखमा बँदेल आतङ्क : आक्रमणबाट २ जनाको मृत्यु, ३ जना घाइते

दैलेख ,२५ माघ।

दैलेखमा बँदेलको आक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा भैरवी गाउँपालिका–५ बैटाकुराका ५० वर्षीय पदम बहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए।

उनका अनुसार शनिबार ४ बजेतिर जङ्गलको छेउमा रहेको आफ्नै बारीमा काम गरिरहेका विष्टलाई बँदेलले एक्कासि आक्रमण गरेको थियो । ‎विष्टको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

‎‎यस्तै, माघ १२ गते सोही गाउँपालिकाको वडा नम्बर–६ कुर्माकोटमा पनि बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु र अन्य दुई जना घाइते भएका थिए । ‎जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पचभैयाका अनुसार, घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका ७७ वर्षीय प्रदीप सिंहलाई सुरुमा बँदेलले आक्रमण गरेको थियो ।

‘शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका सिंहको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै मृत्यु भयो,’ उनले भने, ‘सोही बँदेलको आक्रमणबाट स्थानीय ४० वर्षीय दीपक सिजाली र १८ वर्षीय मिकेश सिजाली समेत घाइते भएका थिए ‌।’
घाइतेमध्ये दीपकलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ भने मिकेशको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । यस्तै, माघ २० गते दैलेखकै आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा ३० वर्षीय दीपेन्द्र बडुवाल पनि बँदेलकै आक्रमणबाट घाइते भएको सूचना अधिकारी पचभैयाले बताए ।
‎‎दीपेन्द्र घरबाट तिलेपाटा जाने क्रममा बाटोमा एक्कासि बँदेलले आक्रमण गरेको थियो । ‎‘घाइते भएक उनको हात, खुट्टा र छातीमा चोट लागेको थियो,’ उनले भने-‘उहाँको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको थियो ।’ ‎‎
उनका अनुसार पछिल्लो समय दैलेखका विभिन्न स्थानमा बँदेल आतङ्कले नागरिकहरू त्रसित हुनुपर्ने अवस्था आएको छ ।
दैलेखमा बँदेल आतङ्क : आक्रमणबाट २ जनाको मृत्यु, ३ जना घाइते

कर्णालीमा एचपिभी खोप अभियान सुरु हुँदै, २१

दैलेखमा बँदेल आतङ्क : आक्रमणबाट २ जनाको मृत्यु, ३ जना घाइते

सम्पादकीय : गहिरिँदो मानसिक स्वास्थ्य संकट

Leave a comment

Your email address will not be published. Required fields are marked *