कर्णालीमा एचपिभी खोप अभियान सुरु हुँदै, २१ हजारभन्दा बढी बालिका लाभान्वित हुने

सुर्खेत,२५ माघ ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा १४ वर्षमुनिका २१ हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ। माघ २५ गतेदेखि सुरु हुने खोप अभियान वैशाखसम्म चरणबद्ध रूपमा सञ्चालन गरिने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार प्रदेशभर विद्यालय जाने २० हजार ४ सय ८४ र विद्यालय नजाने ९ सय १६ गरी २१ हजारभन्दा बढी बालिकालाई खोप लगाइनेछ। अभियानको सुरुवात दैलेख र जाजरकोटबाट हुने छ भने माघ २७ गतेदेखि सल्यान र रुकुम पश्चिममा खोप कार्यक्रम सञ्चालन गरिनेछ।
यसैगरी, सुर्खेतमा फागुन १ गतेबाट, कालीकोट र मुगुमा फागुन ४ गतेबाट खोप अभियान सुरु हुनेछ। जुम्ला र हुम्लामा फागुन अन्तिमतिर कार्यक्रम सञ्चालन हुने छ भने डोल्पामा वैशाख पहिलो सातादेखि खोप दिइने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले जानकारी दिए।
जिल्लागत रूपमा सुर्खेतमा ५ हजार ३ सय ४८, दैलेखमा ३ हजार ४ सय ३२, कालीकोटमा १ हजार ८ सय १३, सल्यानमा २ हजार ३ सय २१, जाजरकोटमा २ हजार ६ सय ११, रुकुम पश्चिममा १ हजार ८ सय ५०, जुम्लामा १ हजार ३ सय ४१, हुम्लामा १ हजार ४ सय १५, मुगुमा ७ सय १५ र डोल्पामा ५ सय २ बालिकालाई एचपिभी खोप लगाइनेछ।

निर्देशक खड्काका अनुसार गत वर्ष खोप कार्यक्रमको कभरेज ९० प्रतिशत पुगेको थियो। यस वर्ष सबै लक्षित बालिकालाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखिएको उनले बताए। सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्यसहित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले उल्लेख गरे।

कर्णालीमा एचपिभी खोप अभियान सुरु हुँदै, २१ हजारभन्दा बढी बालिका लाभान्वित हुने

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३

कर्णालीमा एचपिभी खोप अभियान सुरु हुँदै, २१ हजारभन्दा बढी बालिका लाभान्वित हुने

दैलेखमा बँदेल आतङ्क : आक्रमणबाट २ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *