घुयँत्राे:“बाबुको पार्टी हरायो, छोरीको भोट खोज्दै देशभर डुलाइ!”

यद्यपि म यी दुबै नारी ( रेणु दाहाल,शाेभिता गाैतम )ले प्रतिनिधित्व गर्नेपाटिकाे कार्यकर्ताकाे त कुरै छाेडाैँ शुभ चिन्तकसम्म हैन । नेपालमा यीनका दलहरुले केही गर्लानजस्ताे नि लाग्दैन किनभने हिजाेका दिनमा रेणुले प्रतिनिधित्व गर्ने पाटिकाे काम काज हेरिसक्या छु । जनयुद्ध पछि चुनाबमा आएकाे रेणुकाे पाटि पहिलाे चुनाबमा यसरी बहुमत ल्यायाे कि जुन जनमत असाधारण थियाे । धम्किकाे भरमा बहुमत ल्याएकै अर्काे चुनाबमा सरलक्कै तल झर्याे । १० बर्षे जनयुद्धमा जनतालाई दिएकाे दुख्ख र सास्तिलाई सम्झिँदै मान्छेहरुले भाेट हाल्न छाडे । यतिसम्म कि काँग्रेस जस्तो ठूलाे दलसित गठबन्धन गर्दानि अन्तिम पटक सदनमा ३३ सिटमा चित्त बुझाउनु पर्याे । त्यै संख्याकाे आधारमा सरकारसमेत चलाउन पुगेपनि सरकारटिक्न सकेन अन्तत ओलि र देउबाकाे गठबन्धनमा सरकार बन्याे तर त्याे सरकारले चलाएकाे अराजकता,भष्टाचार र सामाजिक सन्जालमा लगाएकाे प्रतिवन्धका कारण भदाैरे आन्देालेनले सत्ता धरासायी बन्याे । त्यसअघिसम्म प्रचण्ड अर्थात रेणुका पाटि अध्यक्षले सरकार चलाउँदा देशमा नत आर्थिक क्रान्ति भयाे नत विकास र समृद्धि भयाे । युध्दका बेला जनतासित गरेका बाचा कुनै पूरा भएनन । त्यसैले त ती पाटि पलाउलान र झ्याम्मियलान भन्दा उल्टै बुटै सुक्ने अबस्थाँ पुगे ।अब राजनीतियाँ खुट्टा टेक्ने सहाराकाे निहुमा हत्तपत्त कमरेड प्रचण्डले माओवादियाँ टाला हाल्दा ऐले त्याे पुरानाे टालाेले केमा टालाे हालेकाे हाे भन्ने नै नामाेनिसान रहेन ।अर्थात माओवादि भन्ने पाटिलाई टालाे हाल्दा हाल्दा गुमानेकाे टाेपि जस्ताे भयाे र अन्तत त्याे माओवादिबाट नेपाली कमिनिष्टमा परिणत भयाे । अब प्रचण्डकाे हाताँ हिजाेका दिनाँ दुख्ख गरेकाे पाटि छैन ।यहाँसम्म आईपुग्दा पाटिनै गुमाएका प्रचण्डले भाेलिका दिनसम्म के के गुमाउने हुन था छैन । त्यसैले रेणु दाहालकाे पाटि गज्जब छ, त्याे पाटिकाे भविष्य छ भनेर उनले चुनाब जित्नु पर्छ भनिएकाे हैन । बरु रेणुले भरतपुर महानगरमा बसेर जसरि जनताकाे निम्ति गरिन र भरतपूरकाे विकास याैटा नमूनाका रुपमा लगेकि र केही गर्ने हुटहुटि भएकि र भष्टाचाररहित रुपमा उनले गरेकाे सेवालाई हेर्दा उनी जस्ताे मान्छे संसदमा आउनु पर्छ भन्ने चाहना उनले गरेका काम हेर्ने सबैले भन्दछन। र,मैले पनि उनले गरेकाे कामकेा आधारमा उनले चुनाब जित्नु पर्छ भन्या हुँ । बाबू खराब हुँदैमा छाेराछाेरी खराब हुन्छननै भन्ने छैन । अनि रयाे कुरा साेभिताकाे ! शाेभिता पनि हिजाे ललितपुर २ बाट उठेर आफ्नो तर्फबाट देशका लागि जेजे गर्न सकिन्थ्याे त्याे गरेर नै ३ बर्षकाे कार्यकालमा जनताकाे मन जितेकि छिन । यद्यपि उनकाे पाटि र उनका अध्यक्षका गलत क्रियाकलापका कारण देश अशान्त र अस्थिर बन्याे । उनकाे पाटिबाट नि देशका लागि राम्रो हाेला भन्ने आश जनतामा छैन । तर पनि याैटि महिला भएर शाेभिताले जति गर्न सकिन त्यसलाई हेर्दा र उनकाे स्वच्छ छवि र चरित्रका कारण पनि उनी जस्ता मान्छेले चुनाब जितेमा देशले केही काँचुलि फेर्न सक्छ भन्ने आशले पनि मान्छे शाेभिताले चुनाब जितून भन्ने पक्षमा थिए । तर जनताकाे चाहना विपरित रास्वपा अर्थात शाेभिताका अध्यक्षले रेणु लडेकै ठाउँमा ल्याएर चुनाब लडाई दिए । पाटि अध्यक्ष रबिले माओवादिसित बदला लिने साेचका कारण शाेभितालाई चितवन ३ मा लडाएकि शाेभितालाई जगैदेखि सिध्याएउन र उनकाे राजनीतिक क्यारियर समाप्त पार्न ? त्याे त रबिले नै जान्लान तर शाेभिताकाे आफ्नो चुनाब लडने ठाउँ ललितपुर २ छँदाछँदै चितवन ३ मा लगेर रेणुसित भिडाई दिनुले शाेभिताप्रति रबिकाे राम्रो धारणाछैन भन्ने बुझिन्छ । यसले रबिप्रति धेरै शंका उपशंका उब्जिएका छन । दलहरुकै अदुरदर्शीपन र घमण्डका कारण जनताले चाहेकै मान्छे भएरनि चुनाब जित्ने खालका मान्छेहरुनि हारकाे सामना गरेर बस्नु पर्ने हुँदाे रहेछ भन्ने कुराका उदाहरण यी दुई नारी हुन । हेरम् चुनाबि परिणामले रेणुलाई अघि सार्दाे रहेछ कि शाेभितालाई त्याे प्रतिक्षाकै विषयछ ।
“बिरसिक्का “






