जुम्लामा ५३.९९ प्रतिशत मत खस्याे

काली बहादुर परियार
जुम्ला ,२१ फाल्गुन ।
जुम्लामा ५३.९९ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार ७१ हजार ७ सय ३९ मतदातामध्ये ३९ हजार १ सय १२ मत खसेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए ।
जसमा महिला तर्फ २० हजार ४५ र पुरुष तर्फ १९ हजार ६७ जनाले मतदान गरेका छन् । पुरुष भन्दा महिला ९ सय ७८ जना बढीले मतदान गरेका छन् ।
अस्थायी मतदान केन्द्र जिल्ला कारागार जुम्लामा रहेका १६ जना कैदीबन्दी र ४ जना कर्मचारीले गरी २० जनाले मतदान गरेका छन् । यस्तै अस्थायी खाद्य व्यवस्था तथा व्यापार कम्पनि मतदान केन्द्रमा १ सय २ जनाले समानुपातिक तर्फ मतदान गरेका छन् ।
जुम्लाका आठ वटा स्थानीय तहमा रहेका १ सय १० वटा मतदान केन्द्र र ८५ वटा मतदान स्थलमा ३९ मतदाता मध्ये ३९ हजार १ सय १२ मत खसेको छ । यसैबिच, प्रतिनिधि सभा सदस्यको निर्वाचन जुम्लामा शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न भएको छ ।
जुम्लामा रहेका आठवटा स्थानीय तहका १ सय १० वटा मतदान केन्द्र र ८५ वटा मतदान स्थलमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै बिहान मतदान सुरु भई साँझ पाँच बजेसम्म मतदाताले शान्त, मर्यादित र भयरहित वातावरणमा मतदान गरेका छन् ।
जुम्लामा मतदाताहरूले उत्साहका साथ मतदान गरेको पन्तले बताए । उहाँका अनुसार साँझ पाँच बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदातालाई भने मतदान गर्न दिइएको बताउनु भयो । यस कारण कतिपय स्थानमा तोकिएको समयपछि पनि मतदान प्रक्रिया जारी रहेको थियो ।
यसैबीच जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउन केही समय लाग्ने बताए । उनका अनुसार विभिन्न दुर्गम गाउँबाट मतपेटिका ल्याउने कार्य भइरहेको बताए ।
जिल्लाका दुर्गम तथा भौगोलिक रूपमा कठिन ठाउँबाट मतपेटिका ल्याउने कार्य सुरक्षाकर्मी तथा कर्मचारीको समन्वयमा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका सबै ठाउँबाट मतपेटिका जुम्लामा पुगेपछि शुक्ररबा विहान सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





