बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा मतदान बहिष्कार : दाङका दुई केन्द्रमा मतदान सुरु हुन सकेन

दाङ ,२१ फाल्गुन ।

दाङका २ वटा मतदानस्थलमा अझै शुरू हुन सकेकाे छैन् । उक्त स्थानका मतदाताहरुले निर्वाचन बहिष्कार गरेका छन् ।

देशभर आम नागरिक उत्साहपूर्वक मतदानमा सहभागी भइरहँदा दाङका दुई मतदानस्थलमा कुनै उत्साह देखिएको छैन ।

बाँके राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्र बबई गाउँपालिका वडा नम्बर १ र ७ का दुई केन्द्रमा स्थानीयले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन् ।

जसका कारण बबई गाउँपालिका वडा नम्बर १ स्थित ‘जिल्ला’ मतदान स्थल र वडा नम्बर ७ स्थित ‘मलई’ मतदान स्थलमा मतदान शुरू हुन नसकेको हो ।

बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा रहेका यी दुई केन्द्रमध्ये जिल्ला मतदानस्थलमा ६८२ जना र मलई मतदानस्थलमा ५३२ जना गरी कुल १ हजार २१४ मतदाता रहेका छन् ।
तर बहिष्कारका कारण कोही पनि मतदानमा सहभागी भएका छैनन् ।

बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा मतदान बहिष्कार : दाङका दुई केन्द्रमा मतदान सुरु हुन सकेन

चितुवाको आक्रमणबाट बर्दियामा ७ वर्षीय बालकको मृत्यु,

बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा मतदान बहिष्कार : दाङका दुई केन्द्रमा मतदान सुरु हुन सकेन

बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा मतदान बहिष्कार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds