बैतडीमा जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ को मृत्यु, ४५ घाइते

बैतडी,२२ माघ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ ।
जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा आज साँझ करिब साढे ६ बजेको समयमा वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुस्पा अवस्थी रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।
बसमा सवार अन्य ४५ जना घाइते भएको उहाले बताउनुभयो । घाइतेहरुको उपचारको डडेल्धुरा अस्पताल लगिदैछ ।
बस सडकबाट गरिक २ सय मिटर तल खसेको बताइएको छ ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ को मृत्यु, ४५ घाइते

बैतडीमा जन्ती बोकेको बस दुर्घटना

बैतडीमा जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ को मृत्यु, ४५ घाइते

निर्वाचनको २८ दिन बाँकीः निर्वाचन प्रचार–प्रसार खर्च

Leave a comment

Your email address will not be published. Required fields are marked *