बर्दियामा चितुवाको आक्रमणबाट एकको मृत्यु

बर्दिया,२२ माघ।
बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ।
गुलरिया नगरपालिका वडा नं –५ तुलसीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
बारबर्दिया नगरपालिका वडा न-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिव बहादुर केसीले बताउनु भयो ।
गत माघ ७ गते सोही क्षेत्र आसपासमा तोरीवारिमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा न-११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो । पछिल्लो समयमा बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार गत साउन यता छ जना चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जना जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दियामा चितुवाको आक्रमणबाट एकको मृत्यु

बाँके क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व

Leave a comment

Your email address will not be published. Required fields are marked *