जितेपछि जुम्ला बिर्सने नेताहरूको चुनावी नाटक : चुनावमा मात्रै आश्वासनको खेती

काली बहादुर परियार

जुम्ला,२० माघ।

चुनाव नजिकिदै जाँदा जुम्लामा फेरि उही राजनीतिक नाटक मञ्चन हुन थालेको छ । पाँच वर्ष सम्म राजधानीको कुर्सीमा रमाएर जुम्लाको नाम समेत लिन नचाहने नेताहरू अहिले गाउँ गाउँ डुल्दै विकास, समृद्धि र परिवर्तनका मीठा सपना बाँडिरहेका छन् ।

जिते पछि जुम्ला फर्किन फुर्सद नपाएका पात्रहरू चुनावको मुखमा भने जनताका दुःख आफ्नै जस्तो देखाएर मत मागिरहेका छन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले जुम्लाको राजनीतिक तापक्रम बढाएको छ।

तर यो तापक्रम उत्साहको होइन, आक्रोश, घृणा र विश्वासघातको अनुभूति बाट पैदा भएको हो । किनकि जुम्लावासीले धेरै पटक उही गल्ती दोहोर्याइ सकेका छन् ।भोट दिएर पठाउने, अनि पाँच वर्ष बेवास्ता सहने, जित्ने बित्तिकै गायब हुने राजनीतिक संस्कार ।

जुम्लामा एउटा कटु यथार्थ स्थापित भइसकेको छ ।
चुनाव जित्ने बित्तिकै नेता जुम्ला बाट हराउँछन् । चुनावको बेला हात मिलाउने, भान्सामा पस्ने, वृद्ध आमाको खुट्टा छोएर फोटो खिचाउने र जिते पछि सिंहदरबारको ढोका नछोड्ने प्रवृत्ति अब अपवाद होइन, परम्परा बनेको छ । संसद पुगे पछि जुम्ली नेताहरूका लागि केवल भोट बैंकमा सीमित भएको आरोप स्थानीयले लगाउँदै आएका छन् ।

स्थानीय एक शिक्षक भन्छन्, हामीले जिताएर पठाएका प्रतिनिधिहरू संसद्मा गए पछि जुम्लाको पीडा बिर्सिएर राजधानी घुम्न व्यस्त हुन्छन् । न राम्रासडक बने, न आवश्यकताकाेअस्पताल सुध्रियो, न युवाले काम पाए ।

संविधान कागजमा, जुम्लामा शून्य :
संविधानले नागरिकलाई स्वास्थ्य, शिक्षा र समान विकासको अधिकार दिएको छ । तर जुम्लामा यी अधिकार कागजमै सीमित छन् । हिउँदमा हिँड्न नसकिने सडक, सामान्य सुत्केरी सेवाका लागि पनि ज्यान जोखिममा पार्नु पर्ने अवस्था, औषधि नपाएर बिरामीले सास छोड्नु पर्ने पीडा, यी सबै समस्या संसद्मा कहिल्यै गम्भीर रूपमा उठेनन् ।

यही कारण, अहिले सुनाइरहेका विकासका भाषण जुम्ला वासीका लागि अपमानजनक मजाक जस्तै लागि रहेका छन् ।
चुनाव लागे पछि आश्वासनको बाढी, जिम्मेवारीको खडेरी
यति बेला जुम्लामा नेताहरूको आश्वासन सुन्ने हो भने जिल्ला नै राता रात बदलिने जस्तो देखिन्छ ।

कसैले सबै सडक कालोपत्रे गर्ने दाबी गरेका छन् । कसैले जुम्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने सपना सुनाएका छन् । कतिपयले युवालाई रोजगारी दिन्छु भन्दै भाषणमा ताली बटुलिरहेका छन् ।

तर अहिले उम्मेदवारले पाइप लाइनमा रहेका बिकासे याेजनालाई प्रथामिकता नदिएकाे देखिन्छ । बहु वर्षिय याेजना धाैलीगाड बृहत खानेपानी याेजना, जुम्लाको ६ बर्ष देखि अलपत्र परेकाे बृहत् सभाहल , तिला हाइड्रोपावर जस्ता अलपत्र परेका बहुपर्तिक्षत याेजनालाई कुनै पनि उम्मेदवारीको घाेषणामा परेका छैनन् ।

पहिला जुम्ला लाई ग्रिष्मकालीन शहर बनाउछु भन्दै भाषण छर्दै जुम्लाकाे नेतृत्व गरेका तत्कालीन नेकपा माओवादीका बाट सांसद बनेका नरेश भण्डारीले काम गर्न नसके पछि याे पटक जुम्ला लाई साँस्कृतिक राजधानी बनाउछु भन्दै आश्वासन दिइरहेका छन् ।

यस्तै नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शान्तिलाल महतले चुनावी प्रचारप्रसारका क्रममा सिंजा सिंजाली जनताका लागि अस्पताल बनाउने आश्वासन दिएका छन् ।

राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायत, नेपाली काँग्रेसका उम्मेदवार दिप बहादुर शाही लगाएतका उम्मेदवारले यतिबेला जुम्लामा झुटाे आश्वासन मात्र देखाइरहेका छन् ।

तर जनताको प्रश्न निर्मम छ । यी पाँच वर्ष कहाँ थियौ ? तिला गाउँपालिकाका एक स्थानीय भन्छन्, हामीलाई भोट हाल्दा मात्रै सम्झिने, दुःख पर्दा फोन नउठाउने नेतालाई फेरि किन विश्वास गर्ने ? राजधानी केन्द्रित सत्ता, जुम्ला सधै पुछारमा जुम्लाको समस्या व्यक्ति भन्दा गहिरो छ ।

सत्ता संरचना नै राजधानी केन्द्रित छ। संसद् पुगे पछि अधिकांश नेता पार्टी भित्रको गुटबन्दी, मन्त्री बन्ने दौड र शक्ति सन्तुलनमा अल्झिन्छन् । दुर्गम जिल्लाका मुद्दा प्राथमिकतामा पर्दैनन् ।

यसको परिणाम जुम्लामा स्पष्ट देखिन्छ,
बजेट समयमा नआउने
योजना कागजमै सीमित हुने
अनुगमन शून्य रहने
प्रतिनिधि जवाफदेही नहुने

जनतामा उकुस, मुकुस, राजनीति प्रति वितृष्णा :
यस पटक जुम्लामा मतदाताको स्वर फरक सुनिन थालेको छ।
चन्दननाथ नगरपालिकाकी एक महिला भन्छिन्,
नेता फेरिन्छन्, भाषण फेरिदैन । हामीलाई अब भाषण होइन, बिकास चाहिएको हो । युवा पुस्तामा झनै निराशा छ ।

बेरोजगारीका कारण गाउँ छोड्न बाध्य युवाहरू नेताहरूको आश्वासनलाई भोट लुट्ने हतियार मात्रै ठान्छन् । धेरै युवाले राजनीति प्रति वितृष्णा व्यक्त गर्दै मतदान नै नगर्ने चेतावनी समेत दिएका छन् । यसपटक केही नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारहरूले फरक राजनीतिको नारा दिएका छन् ।

जितेपछि जुम्ला बिर्सने नेताहरूको चुनावी नाटक : चुनावमा मात्रै आश्वासनको खेती

बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध अभियान : ८ हजारभन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds