प्रतिनिधिसभा निर्वाचनः जुम्लाका ८५ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील

गाेल्डेेन बुढा
जुम्ला,२० माघ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जुम्लाका ५२ वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील देखिएको जिल्ला सुरक्षा समिति जुम्लाले जनाएको छ ।कुल ८५ वटा मतदानस्थल रहेको जुम्लामा ५२ वटा अतिसंवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य रहेका छन् । १ सय १० मतदान केन्द्र रहेकोमा ६४ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य छ ।भौगोलिक विकट्ता, सञ्चारको पहुँच अभाव, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी र बिजुली व्यवस्था लगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख(डिएसपी) रबिनबाबु रेग्मीले जानकारी दिए ।उनका अनुसार मतदान केन्द्र र मतदानस्थलमा देखिएको समस्या समाधानको लागि स्थानीयतहसँग आग्रह गरिरहेको अवस्था छ । ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मीको परिचालन तथा तयारी तीव्र पारिएको छ,’ डिएसपी रेग्मीले भने, ‘मतदानस्थल शान्तिपूर्ण र भयरहित बनाउन भरपुर पहल भइरहेको छ ।’जुम्लामा मतदाता संख्या ७१ हजार ७ सय ३९ जना छ । जसमा महिला मतदातातर्फ ३४ हजार २ सय ८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलले बताए । जसमध्ये जुम्लाको हिमा गाउँपालिकामा कुल ६ हजार ६ सय ९५ मतदाता छन् । जसमध्ये ३ हजार ५ सय ९ पुरुष र ३ हजार १ सय ८६ महिला छन् । यहाँ ११ मतदान केन्द्र र ९ मतदान स्थल छन्।’सिंजा गाउँपालिकामा कुल ८ हजार ४ सय ७७ मतदाता छन् । जसमध्ये ४ हजार ५ सय ३८ पुरुष र ३ हजार ९ सय ३९ महिला मतदाता छन् । यहाँ १२ मतदान केन्द्र र ७ मतदान स्थल छन्।यस्तै कनकासुन्दरी गाउँपालिकाकामा कुल मतदाता ९ हजार ४ सय ४१ छन्।महिला ४ हजार ३ सय ७६ र पुरुष ५ हजार ६५ जना छन्।मतदान स्थल १६ वटा मतदान केन्द्र १७ वटा छन्। कुल गुठिचाैरमा ६ हजार ९ सय ४३ मतदाता छन्।महिला ३ हजार ३ सय २७ जना पुरुष ३ हजार ६ सय १६ जना छन्।मतदान स्थल ९ वटा मतदान केन्द्र १० वटा छन्।यस्तै एक मात्र चन्दननाथ नगरपालिका कुल मतदाता १२ हजार ९ सय ४१ जना छन्।महिला ६ हजार ५ सय ३६ र पुरुष ६ हजार ४ सय ५ जना छन्। मतदान स्थल १० वटा केन्द्र १६ वटा छन्। यता तातोपानी गाउँपालिकाकामा कुल मतदाता संख्या ९ हजार ८ सय ३८ छन्।भने महिला ४ हजार ६ सय ७७ जना पुरुष ५ हजार १ सय ५७ जना छन्। यस्तै मतदान स्थल ९ वटा मतदान केन्द्र १४ वटा छन्।यस्तै तिला गाउँपालिकामा ८ हजार ४ सय ६६ जना छन्।भने महिला ३ हजार ९ सय ९४ जना पुरुष ४ हजार ४ सय ७२ जना।मतदान स्थल १३ वटा मतदान केन्द्र १५ वटा छन्।पातारासीमा ८ हजार ९ सय ४२ जना मतदाता छन्।महिला ४ हजार २ सय ४५ जना पुरुष ४ हजार ६ सय ९७ जना छन् ।मतदान स्थल १० वटा मतदान केन्द्र १३ वटा छन्।निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दिपक पाैड्यालले जानकारी दिए । उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाइदिन समेत आग्रह गरिएको बताए ।उनले भने, ‘मतदानस्थल र केन्द्रको अनुगमन भइरहेको छ । जहाँ जे अभाव छ । जस्तो समस्या छ । त्यही समस्या सम्वोधनको लागि सम्बन्धित स्थानीयतहलाई आग्रह गरिएको छ ।’






