अपाङ्गताले छेकेन विजयको सफलतालाई

सुर्खेत, १८ पुस ।
बुवा पूर्णबहादुर शाही ठकुरी र आमा ललिता शाही ठकुरीको कोखबाट सुर्खेत सिम्ता गाउँपालिका–६ राकममा विजय शाही ठकुरीको २०५६ सालमा जन्म भयो । जन्मदै दृष्टिविहीन भएर जन्मिएका शाहीको बाल्यकाल गाउँमै बित्यो । पहिलो सन्तानको रूपमा जन्मिएका शाही दृष्टिविहीन भएको जनाउँदै उनका बुवा आमा चिन्तित थिए । किनकी त्यतिबेलाको समयमा अपाङ्गता भएका व्यक्तीलाई हेर्ने दृष्टिकोण अहिलेको जस्तो थिएन ।
निम्न परिवारमा जन्मिएका शाहीले सानैदेखि पढाईमा रूचि राख्नुहुन्थ्यो । शाहीले पढाइमा रूचि राख्न थालेपछि बुवा आमाले विद्यालयमा पढ्न पठाउने निर्णय गरे । अनि उनी गाउँकै विद्यालयमा जान थाले । विद्यालय गएपनि उनको सिकाइ राम्रो हुनसकेको थिएन । विद्यालयमा अपाङ्गता भएका व्यक्तिलाई पढाउने छुट्टै कक्षा पनि थिएन । विजयको बहिनी पनि दृष्ट्रिविहीन नै हुनुहुन्थ्यो । विजय भन्छन, “अन्य साथीले जसरी सिक्न पाएको भए, म पनि पढ्नसक्थे होला भन्ने मलाइ लाग्थ्यो, बहिनी पनि दृष्टिविहीन नै थिइन । घरमा बुवा आमाले साह्रै चिन्ता गर्ने गर्नुहुन्थ्यो । गाउँका मानिस पनि पढाएर यिनीले के नाई गर्न सक्छन र ? भन्ने गर्थे ।”
एकदिनको कुरा हो, शिखर मावि रामघाटमा अध्यापन गराउने शिक्षक टेकबहादुर ओली विजयको घरमा आईपुगे । विजय र उनको बहिनीलाई देखेपछि उनीहरुलाई शिखर मावि रामघाटमा दृष्टिविहीनको लागि ब्रेललिपीबाट पढ्ने वातावरण छ भनेपछि विजयको घरमा खुसीयाली छायो । उनको परिवारले पहिलो पटक सुनेको थियो की दृष्ट्रिविहीनको लागि ब्रेललिपीबाट पढाइ हुन्छ भनेर । अनि भोलिपल्ट पढ्नको लागि विजय रामघाट जाए ।
पढाइमा सधैँ उत्कृष्ट
जब विजय ब्रेललिपीबाट आफ्नो पढाइ सुरु गरे । उनी सधैँ कक्षामा उत्कृष्ट हुँदै गए । कक्षामा गुरुले पनि उनीलाई हौसला दिए भने घरमा बुवा आमाले पढ्नमा जोडबल गरे । “हामीजस्ता दृष्ट्रिविहीनको लागि पढ्ने वातावरण रहेछ भन्ने थाहा भयो, अनि बुवा आमा गुरुको हौसला पनि पाएँ, त्यसपछि मेरो ध्यान पढाइमा नै केन्द्रीत हुन थाल्यो । कक्षामा सधैँ उत्कृष्ट नम्बर ल्याएर पास हुन्थे । विजय भन्नुहुन्छ,”
विजयले कक्षा¬¬ ५ सम्म शिखर माविमा पढे । त्यसपछिको शिक्षा भने उनले को पेसा कृषि थियो व्यवसायमुखि भन्दा पनि निर्वाहामुखी भएको हुँदा घरको आर्थिक अवस्था पनि कमजोर थियो । अनि खाना बस्न विद्यालयले सहयोग गर्थ्यो अनि ब्रेललिपीबाट पढ्न थालियो । पढ्न रूचि सानैदेखि भए पनि पढ्न सकिन्न की भन्ने लागेका उहालाई जव ब्रेल लिपीबाट पनि पढाइ हुँदो रहेछ भन्ने थाहा भएपछि अझैँ पढ्न जोश आयो ।
कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउन थाले । अनि सबै घरपरिवार गुरुले पनि माया गर्थे । शिखर माविमा प्रथामिकत तहको शिक्षा लिएका उनले त्यसपछि बाँकेको कोहलपुरमा रहेको त्रिभुवन माविमा पढाइ गरे । कोहोलपुरमा उहाको पढाइ उत्कृष्ट नै थियो । अनि उनले ‘ए’ ग्रेड ल्याएर २०७३ सालमा एसइई पास गरे ।
घरमा खुसीयाली
छोराछोरी नै दृष्टिविहीन भएको चिन्तामा रहने विजयको बुवा आमा जब विजय माध्यामिक शिक्षा परीक्षा (एसइई)मा राम्रो नतिजा ल्याएर पास भए । त्यसपछि भने घरमा खुसीयालीको वातावरण सुरु भयो । विजय भन्छन, “छोराछोरी नै दृष्ट्रिविहीन भए भनेर सधैँ चिन्तामा बुवा आमा हुनुहुन्थ्यो, जब म एसइई पास भए । अनि मेरो घरमा धेरै खुसीयाली छएको थियो, त्यसले झनै मलाइ हौसला मिलेको थियो ।”
बिजय प्लस टु पढ्न कलेज भर्ना भए । घरको आर्थिक अवस्था कमजोर थियो । बुवाआमाको मुख्य पेसा कृषि थियो । त्यो पनि निर्वाहमुखी मात्रै । तथापि उनले धेरै अभावकाबीचमा प्लस टुमासमेत उत्कृष्ट अङ्क ल्याएर २०७६ सालमा उत्तीर्ण गरे ।
सफलतामा पुग्न परिलक्षित साथ
विजयको घरको आर्थिक अवस्था कमजोर थियो । प्लस दुई पास गरेका उनलाई स्नातक तह कसरी पढ्ने भन्ने चिन्ता थियो । पढ्नको लागि आर्थिक अवस्था कमजोर थियो । उनको कुनै आम्दानी पनि थिएन । सधैँ उत्कृष्ट अङ्क ल्याएर पास भएका विजयलाई जीवनमा केही राम्रो काम गर्ने लक्ष्य थियो ।
रकम अभावकै कारण लक्ष्य पूरा हुन्न की भन्ने चिन्तामा बसेका विजयसँग एकजना अपाङ्गताको क्षेत्रमा काम गर्ने व्यक्तिसँग भेट भयो । उनसँग सबै आफ्ना व्यथा भनेपछि उनले परीलक्षित संस्थाले अपाङ्गता भएका विपन्न विद्यार्थीलाई उच्च शिक्षा हाँसिल गर्नको लागि छात्रवृत्ती दिने कुरा थाहा पाएपछि उनले छात्रवृत्तिको लागि परिलक्षित संस्थामा आवेदन दिए ।
उनी छात्रावृत्तिको लागि छनौंट भए । त्यसपछि उनी शिक्षा क्याम्पसमा स्नातक तहमा भर्ना भए । उनलाई उच्च शिक्षा हाँसिल गर्न सहज भयो । विजयले उच्च शिक्षा पढ्दै शिक्षक सेवा आयोगको तयारी गरे । अनि उनले शिक्षक सेवा आयोगमा पहिलो पटक नै २०८० स्थायी शिक्षकमा नाम निकाल्न सफल भए । त्यो दिन संसार जितेको जस्तो अनुभूति उनलाई भएको थियो ।
अहिले विजय त्रिवेणी मावि सल्यानमा प्रावि तहमा अध्यापन गराइरहेका छन् । उनी भन्छन, “अपाङ्गता भएका व्यक्तिलाई अवसर दिए सफलता प्राप्त गर्न सक्छन, म परिलक्षित संस्थालाई धेरै धन्यवाद दिन चाहान्छु । संस्थाले गर्दा नै अहिले म यो स्थानमा छु । मेरो आगामी योजना शिक्षण पेसाबाटै अगाडि बढ्ने र आफूजस्तै अपाङ्ता भएका व्यक्तिलाई अगाडि बढाउने योजना छ ।”






