घुयँत्राे:“जेनजीको ज्वाला, सत्ता अर्कैको माला”

जेनजी आन्दोलनले भित्र्याएकाे चुनाब पनि अब सम्पन्न हुने अबस्थाँ छ । आज( १८ गतेफागुन )राति १२ बजेबाट चुनाबकाे प्रचार प्रसार समेत सकिनेछ । तत्कालीन सत्तारुढ दलका प्रधानमन्त्री केपि ओलि लगायत केही मान्छेले याे चुनाब हुनै नसक्ने अडकल काटि रहेका बेला ऐले चुनाबि प्रकृया सबै समाप्त भएर मतदानकाे प्रकृया मात्रै बाँकी छ । तर पनि केही मान्छे मतदान वहिस्कार गराैँ भनेर लागेका लाग्यैछन । मेडिकल ब्यवसायी दुर्गा प्रसाईं त चुनाब बहिष्कारका नाममा नेपाल बन्दै भनेर सडकमा उफ्रियका छन तर यातायातले उनकाे बन्दलाई सुनेकाे नसुन्यै गरेर हिँडि रहेका छन ।

चुनाब प्रचारकाे समय देशभरनै शान्तिपूर्ण रुपमा चुनाब प्रचारका कार्यक्रम चलेकाले पनि चुनाब हुने कुरामा त्यति द्विविधा थिएन तर पनि तत्कालीन प्रधानमन्त्री वलिनै चुनाब नहुने कुरा गर्दै हिँडेपछि सामान्य नागरिकका लागि त संसयनै थियाे तर अब वलि पनि चुनाब हुने कुराँ ढुक्क देखिन्छन भने चुनाब प्रचारकाे समय पनि सकियकाे छ । चुनाबि सुरक्षाकाे जिम्मा पनि सेनाले लिए पछि चुनाब निश्पक्ष हुन्छ र यसलाई विथाेल्न कसैले सक्दैन भन्ने कुराँ नेता र जनतासमेत एकमुख देखिन्छन । त्यसैले पनि याे अनियमितै चुनाब भएपनि सम्पन्न हुने अबस्थाँ छ ।
यद्यपि याे चुनाबलेनि देशमा राजनीतिक स्थायित्व दिने गरि सरकार बनाउने संकेत खासै देखिँदैन । देशकाे सम्बैधानिक व्यवस्थाका कारण नेपालाँ कुनै याैटा दलले बहुमतकाे सरकार बनाउने परिस्थिति छैन । दलहरु मिलेर सरकार बनाउँदा अबस्था के हुन्छ भन्ने कुरा विगतमा देखिएकैछ । देशमा चुनाब जित्ने भनेका काँग्रेस ,एमाले,रास्वपा र माओवादि (तारा )हुन । यीदलहरुवीचकाे आपसि सम्बन्ध अत्यन्त नाजुकछ । काँग्रेस एमालेसित मिलेर सरकार बनाउन चाहँदैन । एमालेलाई सरकार बनाउन रास्वपाले समर्थन गर्दैन । यस्ताे अबस्थामा सरकारनै बन्छ भन्ने पनि छैन । त्यसैले काेहिसित मिलेर काेहिपनि सरकार बनाउन तयार छैन । अनि यस्तो अबस्थामा सबैभन्दा ठूलाे दलले सरकार बनाएछि उसकाे सरकार सयदिन पछि ढल्ने कुरामा कुनै शंकैछैन । अनि देशमा फेरि राजनीतिक अस्थिरताकाे बाढि आउँछ । केही दलहरु संविधान संसाेधन हुनै दिँदैनन । जनता याैटा दललाई बहुमत दिँदैनन ।यस्ताे अबस्था आईलागेछि देसकाे बिकास र समृद्धि कसरी हुन्छ ? पुराना दल र तिनका नेता भष्टाचारीछन भनेर आन्दोलनमा लागेका जेनजीहरुनि लाखा पाखा लागि सके । अब जेनजीका नाममा सत्ताकाे साझेदार बन्न आउनेलेनि देश र जनताका लागि केही गर्न भन्दानि आफू र आफ्ना कार्यकर्ता अनि आफ्नो पाटिकै लागि मात्रै केही गर्न सके गर्ने तर त्याे भन्दा बढि हुति चाईँ यिनिहरुकाे नि देखियन । युवाका नाममा देशलाई डढालेर परिवर्तन खाेज्ने जेनजीहरुमा देश बनाउने सीप र नेतृत्व लिने सिप नदेखिँदा आन्दोलन नै हाईज्याक गरेर अरुले लगेर सत्तानै अरुले चलाएका बहस त हामीले सुनी सकेका छाैँ ।त्यसैले याैटा प्राविधिक ज्ञानमा पूर्णछु भन्दैमा राज्यसत्ता सन्चालनकाे काैशलता पनि छ भन्न चाईँ मिल्दाेरैनछ ।

जेनजीका ठडिएका एक्काईसवटै समूहलाई बाहिर राखेर सत्ताकाे बागडाेर अर्कैले सम्हालिसक्दा समेत थाह नपाउने जेनजीहरुले चुनाब लडेर नि आफू कुन हैसियतमाछु भन्ने थाहा छैन हाेला सायद । ख्यालख्यालमा वलिलाई सत्ताच्युत गराएर आम निर्वाचनसम्म गराएकाे ईतिहास बाहेक जेनजीकाे हातमा केही भाग पर्नेवाला छैन । त्यसमानि चुनाबमा कुनै पनि दलले बहुमत ल्याएनन भने त्यसकाे दाेष पनि दलहरुले उनिहरुमै थाेपर्नेछन अन्तत भदाै २३/२४ काे घटना राजनीतिक असफलतामा दर्ज हुनेछ ।

घुयँत्राे:“जेनजीको ज्वाला, सत्ता अर्कैको माला”

जुम्लामा होली र निर्वाचनबीच कडाइ, भिडभाड निषेध

घुयँत्राे:“जेनजीको ज्वाला, सत्ता अर्कैको माला”

आसन्न निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds