अधुरा योजना पूरा गर्ने प्रतिबद्धता : सूर्य ढकाललाई जिताउनुपर्ने स्थानीयको माग

बाँके, १७ फाल्गुन ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको माहोलसँगै बाँके निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बनेको छ । सो क्षेत्रबाट उम्मेदवारी दिएका सूर्य ढकालले “समृद्धितर्फ पाइला चालौं, दिगो विकासको जग बसालौं” भन्ने नारासहित मतदातासमक्ष आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् ।
ढकालले फाल्गुन २१ गते हुने मतदानमा सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन मतदातासमक्ष अपिल गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ढकालका अनुसार बाँके–१ लाई आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारका दृष्टिले नमूना क्षेत्र बनाउने लक्ष्यका साथ आफू उम्मेदवारीमा उत्रिएको बताएका छन् । स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गरिने उनको भनाइ छ ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले विगतमा सुरु भएका तर अधुरा रहेका विकास योजनाहरूलाई पूर्णता दिन सक्ने सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । “अब अधुरा योजना पूरा गराउन र विकासलाई निरन्तरता दिन सूर्य ढकाललाई जिताउनुपर्छ,” एक स्थानीयले भने ।


निर्वाचन नजिकिँदै जाँदा क्षेत्रका विभिन्न स्थानमा घरदैलो, कोणसभा तथा अन्तरक्रियात्मक भेटघाट कार्यक्रमहरू तीव्र बनेका छन् । मतदाताहरूले उम्मेदवारका योजना र कार्यदिशाबारे चासोपूर्वक प्रश्न राख्दै विकासप्रति प्रतिबद्ध नेतृत्व खोजिरहेका छन् ।


निर्वाचन आयोगले तोकेको मितिअनुसार फाल्गुन २१ गते मतदान हुँदैछ । उक्त दिन मतदाताले आफ्ना प्रतिनिधि चयन गर्नेछन् । बाँके–१ मा यसपटकको प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

 

 

 

 

 

 

अधुरा योजना पूरा गर्ने प्रतिबद्धता : सूर्य ढकाललाई जिताउनुपर्ने स्थानीयको माग

जुम्लामा निर्वाचन सामग्रीसहित मतपेटिका वितरण

अधुरा योजना पूरा गर्ने प्रतिबद्धता : सूर्य ढकाललाई जिताउनुपर्ने स्थानीयको माग

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds