घुयँत्राे:“प्रधानमन्त्री उमेदवार कि फिरन्ते सन्त? बालेन आए, घण्टी बज्यो, जनता ढल्यो”

चुनाव प्रचारमा हिँडेका बालेनले गाेडा चारेक दिनाँ लुम्बिनी ,सुदुरपश्चिम र कर्नालिकाे भ्रमण भ्याए ।प्रधानमन्त्रीका उमेदवार भएर हाे कि चुनाब चिन्ह घण्टी भएर हाे कुन्नि ।उनी जहाँ गए त्यहाँ भाषण गरेकाे सुनियन अनि था पनि पाईएन । भाषण नगरिकनै आफ्ना झाेलेहरु अघिपछि लाएर घण्टि बजाउँदै हात जाेडदै गरेछि चुनाब प्रचार भै हाल्ने रैछ । कर्नालिकाे सदरमुकाम वीरेन्द्रनगराँ त झन बालेनकाे जुन हाउगुजि गराथे घण्टेहरले त्यसकाे ठिक विपरित रातकाे १ बजे वीरेन्द्रनगर झर्या बालेन सुर्खेतकाे पाटि अफिसाँनि नबसेर घण्टी हल्लाएर झाेलेहरलाई तथास्तु भनेर बर्दान दिएझैँ गरि देउति बज्यै पुगेर मन्दिर भित्रै नछिरी टाढैबाट जयहाेस भनेर एरपाेटतिर टाप हान्देछि बिचरा बालेनका कति भक्तजनले त थाहै नपाएर राजधानी तिर घुइँकि देछि रास्वपाकाे ३ प्रदेशकाे प्रचारप्रसार सकिएकाेछ । जेनजीहरकाे आन्दोलन नै नयाँ कुरा गर्नलाई भा हुनाले जेनजीकाे समर्थक पाटि रास्वपालेनि जिल्लाका सदर मुकाम जाने भाषण नगर्ने हात हल्लाउने आउने नयाँ शैली अपनाकाे हुन सक्छ । प्रधानमन्त्रीकाे उमेदवार जस्तो मान्छेले राजधानि बाईर बाेल्नु हुन्न जति बाेल्ने हाे कि राधानीयाँ आफ्नै निर्बाचन क्षेत्राँ बाेल्ने नीति पनि हुनसक्छ घण्टिहरकाे । अरुले भन्दा फरक गर्ने भएरनै यस्ताे गर्यानि हुन सक्छ । हुनपनि आफ्नो देउतै आउनलाझैँ गरि रातदिन बालेनकै सपना देखेर बसेका सुर्खेतका घण्टीहरले खुलामैदानाँ भाषण सुन्ने त कुरै छाेडम् कतिपयत ओछ्यानमै सुतिरा बेलाँ बालेन राजधानी फिर्या सम्चार सुनेछि कति त बेहाेसै भए भने कति त बाेल्नु न बास्नु भए । बालेनका अघिपछि लाएर के के गरम्ला भनेरगफद्या झाेलेहरलाई त भाषणकाे कार्यक्रम त परैजावस कार्यकर्ता भेटघाटसमेत नभएछि तिनी त निस्लाेट त्यसैपर्ने भै गएनि ! हुनत ठिकै हाे याैटा प्रधानमन्त्रीका उमेदवार केपि ओली के के बाेल्छन बाेल्छन ।बाेल्दाबाेल्दै झाेलेहरलाई धाै समाल्नु हुन्छ । अर्का उमेदबार बालेन शाह केही वाेल्दै बाेल्दैनन अनि कार्यकर्ता लाई मेराे नेताले यस्ताे बाेल्याे उस्ताे बाेल्याे भनेर गफदिने वातावरणै बन्दैन अनि काँट हुन्छ त ! यसाे छाँटकाँट हेर्दा त जेनजीहरले देशाँ निकै परिवर्तन गर्ने भएकि क्या जस्तो लायाे ।चुनाबा भाषणै गर्न नपर्ने जस्तो अचम्मकाे परिवर्तन उनरले गर्लान भनेर कल्ले साेच्याथ्याे आखिर परिवर्तन भयाे त गरे के हुँदाे रैनछ र ? अनि जाे चुनाबकाे उमेदवार भाछ त्यसकाे घरमा चाेरी चकारी र ताेडफाेड भाकाे हाम्ले कैल्यै सुन्याथिम ! सुन्याथेनम तर जेनजीकाे परिवर्तनले प्रधानमन्त्रीकाे उमेदवार जस्ताको घराँ चाेरीचकारी भाकाे सम्चार आउनु याे पनि त परिवर्तनै हाे नि हैन र ? चुनाबपछि त झन सरकारै हाम्ले बनाउँछम् भनेर हिँड्याछन जेनजीहरु( रास्वपा)! त्यसपछि त झन कस्ताकस्ता परिवर्तन पाे देख्न पाईने हाे । परिवर्तनै देखम्ला भनेर कैलेकाे १० बर्ष त कैलेकाे ८ बर्षाँ देशाँ परिवर्तन गर्दै हिँड्या नेपालिहरु परिवर्तनका नाममा नेपाली पहिचानै गुमाउने गरि परिवर्तनकाे अनुभूतिपाे गर्न पाईने हाे कि जाे थिईम त्याे गुमाएर अर्कै पहिचान पाईम भनेनि त परिवर्तन त त्यसै भै गाेनि हैन र ? ठूलै परिवर्तन गर्छम् भनेर गर्या हुनअरेके भदाैरे आन्दोलन ! आन्दोलनकै बेलाँ त त्यति विधिवंश गरेभने त्यै आन्दोलनले ताेक्या चुनाबले त झन के के पाे गर्ने हाे ? बुझ्नै गाह्राेछ । याे रास्वपा भन्ने पाटि बुझ्नत झन २/४ वटा चुनाव फटाल्नै पर्छ । हैन र ?






