वीरेन्द्रनगरमा कोइलाको धुवाँले निस्सासिएर ३८ दिनकी शिशुको मृत्यु, तीन जना बेहोस

सुर्खेत,१७ पुस।

सुर्खेतको वीरेन्द्रनगरमा कोइलाको धुवाँले निस्सासिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका तीन जना बेहोस भएका छन्। कोठाभित्र कोइला बालेर सुत्दा धुवाँले निस्सासिएर ३८ दिनकी शिशु प्रतीक्षा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ मा भाडाको कोठामा बस्दै आएकी ३० वर्षीया तारा बुढा, उनकी भदैनी १३ वर्षीया संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढा बेहोस भएका हुन्। बिहीबार बिहान ढिलोसम्म पनि कोठाबाट कोही नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए।
अचेत अवस्थामा भेटिएकामध्ये ३८ दिनकी शिशु प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ। बेहोस अवस्थामा रहेका तारा बुढा, संगम बुढा र प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। उपचारपछि उनीहरूको स्वास्थ्य अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनु भयो।
प्रहरीका अनुसार शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमै राखिएको छ। प्रारम्भिक अनुसन्धानमा बन्द कोठाभित्र कोइला बालेर सुत्दा अक्सिजनको कमी भई धुवाँले निस्सासिएर घटना भएको अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यस घटनापछि चिसो मौसममा कोठाभित्र कोइला बाल्दा विशेष सतर्कता अपनाउन प्रहरी तथा सरोकारवालाले आम नागरिकलाई आग्रह गरेका छन्।

वीरेन्द्रनगरमा कोइलाको धुवाँले निस्सासिएर ३८ दिनकी शिशुको मृत्यु, तीन जना बेहोस

चोरी बढेपछि सडक बत्ती जडान गर्दै,नगरपालिका

वीरेन्द्रनगरमा कोइलाको धुवाँले निस्सासिएर ३८ दिनकी शिशुको मृत्यु, तीन जना बेहोस

लगानीको वातावरण बिना समृद्धि सम्भव छैन: मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *