कर्णालीमा जडिबुटी पकेट क्षेत्र विकासमा सम्भावना: मन्त्री चौलागाईँ

सुर्खेत,१६ पुस।

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईँले कर्णाली प्रदेशमा जडिबुटी सम्बन्धी क्षेत्रमा काम गर्न ठूलो सम्भावना रहेको बताएका छन्। बुधवार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जडिबुटी पकेट क्षेत्रको विकासमा विशेष चासो रहने बताएका हुन्।

“प्रदेशले जडिबुटीको क्षेत्रमा प्रभावकारी काम गर्न सके संघीय सरकारले सहयोग र सहकार्य गर्न तयार छ,” मन्त्री चौलागाईँले भने।

मन्त्रालयको ब्रिफिङपछि मन्त्री चौलागाईँले मन्त्रालय र मातहतका निकायमा १२६ पद रिक्त रहेको भन्दै, प्रदेशस्तरबाट समाधान हुने कर्मचारी पदपूर्ति लगायतका विषयमा समयमै पहल गर्न सुझाव दिए।

विभिन्न आयोजनाबारे धेरै कुरा सुनेको बताउँदै उनले टुक्रे आयोजना तथा उपादेयता नभएका कार्यक्रमका कारण अपेक्षित परिणाम नआएको र जनतामा निराशा बढेको उल्लेख गरे।

मन्त्री चौलागाईँले विकासका नाममा प्रकृतिमा हानिकारक असर पर्ने काम नगर्न चेतावनी पनि दिए। “हामी करोडौँ खर्च गरेर रारामा सिमेन्टको कंक्रिटले विकास गर्दैछौँ,” उनले भने, “यस्ता निर्णय के आधारमा हुन्छन् ? अचम्मको विषय हो। योजना निर्माणका क्रममा सचेत भइदिनुहुने अपेक्षा छ।”

कर्णालीमा जडिबुटी पकेट क्षेत्र विकासमा सम्भावना: मन्त्री चौलागाईँ

मौरी घारमा अज्ञात रोगको आक्रमण, जुम्लाको मौरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds