जुम्लामा भीरबाट खस्दा महिलाको मृत्यु

गाेल्डेन बुढा

जुम्ला, १४ मंसिर।
जुम्लाकाे तातोपानी गाउँपालिका–१ राँका गाउँमा आइतबार दाउरा संकलनका क्रममा एक महिलाको ज्यान जाने दुःखद घटना भएको छ। दिउँसो करिब साढे १२ बजेतिर वन क्षेत्रको गाईचौर–उधेँरी खोला नजिक दाउरा टिप्दै गरेकी दुर्गा सार्की (अन्दाजी ५०) भीरबाट लडेर मृत्यु भएकी हुन्।

स्थानीयका अनुसार सार्की करिब २ सय मिटर तल झरेकी थिइन् र घटनास्थलमै प्राण गुमाएका थिइन्। उनीसँगै दाउरा संकलन गर्न गएकी लक्ष्मी कठायतले दुर्घटना भएको क्षण प्रत्यक्ष देखेकी बताइन्। “उहाँ असन्तुलित भएर चिप्लिनुभयो, म चिच्याउँदै छेउ समात्न दौडिएँ, तर केही गर्न सकिनँ,” कठायतको भनाइ छ। ग्रामीण भेगका महिलाले दैनिक दाउरा संकलनमा निर्भर रहनुपरेको यथार्थसँगै जोखिमपूर्ण भू–भागमा हुने यस्ता घटनाले पुनः सुरक्षा चुनौती उजागर भएको छ।

जुम्लामा भीरबाट खस्दा महिलाको मृत्यु

एमालेको ११ औँ महाधिवेशन  ९ जिल्लामा सर्वसम्मत,

Leave a comment

Your email address will not be published. Required fields are marked *