भगवती पूजाका लागि जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

गोल्डेन बुढा

जुम्ला ,१३ साउन।
जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ।सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली मंगलबार प्रस्थान गरेको हो।नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो साढे १ बजे तिर बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो।बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय प्रमुखहरु लगायत सर्व-साधारणले फुलमाला,अबिरसहित पञ्चेबाजाले बिदाइ गरेका थिए।

बडिमालीका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तिर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ।त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पूजा गर्नको लागि जाने गर्दछ। बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई नेपाली सेनाले सलामी दिएर सदरमुकाम खलंगाबाट बिदाइ गरेको थियोे।परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले बेनबाजा र बिगुल फुकेर पठाउने चलन रहेको बुढापाका बताउँछन्।जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा मंगलबार प्रस्थान गरेको टोली १७ दिन पछि मात्र जुम्ला सदरमुकाम आइपुग्ने गर्दछ।जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टिका, विनायो, चाँदीको कांगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामान पेटारो झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाइएको छ।

त्यस्तै भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसँगै मार्सिधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा तोरण जस्ता प्रसादहरु पठाएका छन्।जिल्लाबाट गएको टोलीसँगै गाउँ-गाउँबाट पनि अन्य भर्मालम्बीहरु थपिँदै जाने गर्दछन्। हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन छ।डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन रहेको छ। बाडिमालिकाको टोली पुगेपछि जुम्लामा कर्णालीकै ठुलो जात्रा लाग्ने चलन छ।स्थानीय समाजसेवी चित्रलाल श्रेष्ठको घरबाट भगवती निकालेर चन्दननाथ, भैरवनाथ मन्दिर परिक्रममा पछि सो टोली बढिमालिका प्रस्थान गरेको हो।यो टोली कृष्ण जन्माष्टमीको अघिल्लो दिन फर्किने गरेको छ ।

भगवती पूजाका लागि जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

“तीव्र आर्थिक विकास बिना समृद्धि सम्भव छैन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds