. “सत्ताको सिंहासन : देउबा अस्पताल धाउँदै, ओलि अदालत धाउँदै !”
हास्यास्पद व्यङ्यात्मक शीर्षक बनाइदिनु होला
सँगसँगै अर्थात अधियाँ भागबण्डा खाने गरि सत्ताँ बसेका देउबाका बुढाबुढि सिंगापुर पुगेर कतै घरघडेरी हेर्दैछन कि उपचार गराउन अस्पताल धाउँदैछन ! था छैन । यता ओलि भने एक्कैदिनाँ सत्ताच्युत गराइदेका जेनजीहरुसित सदन व्युँताउने र आफू प्रधानमन्त्री हुने अनि जेनजीहरलाईनि मन्त्री बनाईदिने र मन्त्री बनेछि तिनरु त्यसैमा टाँस्सिन्छन अनि फेरि देशाँ आफ्ना झाेलेहरुलाएर उग्रपात मच्चाउने दाउमा छन । देउवा जाने बित्तिकै ६ सुत्रिय माग राख्दै आका ओलिले खासमा त अदालताटै सरकार व्युँताएर ८४ तक सत्ताँ बसेर विपक्षिहरकाे ढाड सेक्ने त्यसपछि फेरि चुनाबा एलाैटि बहुमत ल्याएर ओलि कति पपुलर छ देख्याै मान्छे याेग्य उमेरले हैन उसकाे प्रवृत्तिले हुन्छ भनेर देखाउने पक्षाँछन तर यसकाे लागि सरवाेच्च अदनलतका न्यायाधीशहरले कत्तिको साथ दिन्छन भन्ने कुराे मात्रै हाे ।अदालतका न्यायाधीशहरु नि अलिअलि बिबेक भाका रैछन र देशमा भएकाे २ दिने आन्दोलनकाे मर्म सदन पुन ि्थापना र ओलिलाई प्रधानमन्त्री बनाई राख्ने हैन कि आन्दोलनकारीले देशकै निम्ति अन्याय अत्याचार भष्टाचार घुसखाेरीकाे अन्त्य गर्दै विकास र समृद्धिकाे नयाँ बाटाे काेर्नलाछन यसाँ हाम्राे पनि याेगदान हुनु पर्छ भन्ने कुराले मनाँ छाेयाे भने पक्कै पनि सदन व्युँतिन्न नत ओलिनै प्रधानमन्त्री हुन्छन ।
हैन हाम्रा भगवान भन्या ओलिनै हुन हाम्रा अन्नदातालाई हाम्ले साथदेछि मात्रै हामी याे सिटाँ बस्न पाउँछम् हैनभने हामीनि सडकछाप भएर हिँडनु पर्छ भन्ने तिर लागेर सदन व्युँताउने बहुमततिर लागेर बहुमतकाे आधाराँ निर्णय गरेभने चाइँ मुद्दा ओलिले पक्कै जित्छन किन भने सर्बोच्च अदालतका न्यायाधीश हरुकाे बहुमत एमालेकैछ । धेरैजसाे न्यायाधीशहरु ओलिले यस्तै बेला काम लाग्ला भनेर नियुक्त गरेर बस्याछन । त्यतिमात्रै हाेर १२ गत्याट अदालताँ सदन पुनस्थापनाकाे विषयाँ बहस र छलफल हुने भएछि ओलि ,वकिल र न्यायाधिसहरुकाे सम्पर्कमा कतै झाेलेहरुलाई त कतै आँफै छलफल र बहसमा जुटि रहेकाछन । विचरा देउबा भने उता विदेशाँ सडक नाप्दैछन ।जेनजीहरले उपहारदेकाे जिन्दगी हाताँलेर अँझैपनि बाँच्न पाए हुने हाे भन्ने दाउमा अस्पताल र डाक्टरका ढाेका ढाेका चाहार्दैछन । त्यसाे त उनलेनि नेपालतिर कान ठाडा त लगाकै हाेलान । के भन्न सकिन्छ र सदन व्युँति हाल्याे र गठबन्धनका बलाँ ओलिले निगाह गर्या केई मैना आँफुनि प्रधानमन्त्री भईयाे भने आफ्नानि दिन आउलान र आफ्नानि दलालहरले भेटि त चढाउलाननि भन्ने लाेभ त देउबालाईनि हाेलानि । दैनिक आफ्ना राजनैतिक कार्यकर्ता र दलालहरुबाट रुपियाँकाे बिटाे थन्क्याउन बानिपर्या आर्जु ऐले दलालहरले दिने पैशाकाे सट्टा आँफैले बैंकाँ राख्या पैसा खुरुखुरु तिर्नु पर्दा उनलाई कम्ता टेन्सन भा हाेला । देशाँ याे जेनजी भन्ने जिनिस जनमेला र आँफुहरु यसरी भागम्भागमा परम्ला र खाल्टाे खनेर राख्या पैशा एक दिन अरुकै हाताँ जाला र आँहरुलाई याे दशा आईलाग्ला भन्ने कुरा कैल्यै कल्पनासम्मनि नगर्या बेला ज्यानै समेत जाेगाउन हम्मेहम्मे पार्देछि विचरा आर्जुनि छाङाट खस्याजस्ति भाछिन । ५० /६० जना मान्छेकाे दलबल अघिपछि लाएर सबैलाई दम्काउँदै , हप्काउँदै र असुलिकाे धन्दा गर्दै आकि पूर्वप्रधानमन्त्री र पाटि सभापतिकि श्रीमती ऐले त्यै बिना पदकाे पाेई शेर बहादुर देउबाकाे अघिपछि लाएर हिँडन बाध्य हुनु पर्दा पुरानी दिन र यादले कम्ता टेन्सन द्याहाेला ।
के गर्ने देखेकाे मात्रै हुन्न लेखेकाे पनि हुन्छ भन्ने हाम्राे समाजकाे भनाई चरितार्थ भएछि ऐले त राणा पाेज,भाउजू सान, श्रीमती प्रधानमन्त्री सानसाैकत सब्बै जेनजीले मिट्टिमा मिलाईदेछि ज्यानै जाेगाउनालागि भएनि पर्देशाँ भाैँतारिँदै हिन्न पर्याछ । त्यति मात्रै हाे र सिंगापुर एअरपोटाँ चढ्या ह्विलचेयरकाे फाेटै भाइरल गराएर देउबा र आर्जुकाे फाेटाे भाईरल गराएर बसिखानु छैन भने उता नेपालतिर ओलिका ६ सुत्रिय माग र अदालतले ओलिलाई प्रधानमन्त्री बनाएर जेनजी मिसायर सरकार बनाएर ओलि र जेनजीकाे गठबन्धन हुने भन्ने सम्चारले एमालेहरुलाई थुक निलि नसक्नु भाछ हेरम् साच्चिकै सदन ब्युँतियाे भने अब ओलिका दिन आउने हुनकि संविधान त ठूलाे दलका नेता देउबाका दिन आउने हुन ! के भन्छन न्यायाधीशहरु, ओलि भन्छन कि देउबा ! केई न केई त भन्लान नि !





