बाँकेका बजारमा जुम्ली स्याउको माग बढ्दै

बाँके, ११ भदौ‌ ।

बाँकेको नेपालगन्ज र कोहलपुरको बजारमा जुम्लाबाट ल्याइएका स्याउहरू व्यापक रूपमा बिक्री भइरहेको छ । अहिले हरेक फलफूल पसलमा जुम्ली स्याउ मात्र देख्न सकिन्छ । करिब एक महिनाअघि नेपालगन्ज र कोहलपुरका बजारमा भित्रिएको जुम्ली स्याउले यहाँ राम्रो बजार लिएको व्यापारीहरूले बताएका छन् ।

कोहलपुरकी फलफूल व्यापारी बिन्दु गौतमले सुरुमा जुम्ली स्याउको मूल्य प्रतिकिलो २०० देखि २२० रुपैयाँसम्म थियो भने हाल घटेर १३० देखि १५० रुपैयाँसम्ममा विक्री भइरहेको छ । भारत र चीनबाट आयात गरिने स्याउहरूको तुलनामा अहिले नेपालगन्ज बजारमा जुम्ली स्याउले पूर्ण रूपमा कब्जा जमाएको छ ।

फलफूल व्यापारी घनश्याम गिरिले पनि जुम्ली स्याउको माग बढेको र भारतीय स्याउ बजारमा देखिन छाडेको बताए । चाइनिज फुजी स्याउ केही मात्रामा बिक्री भइरहेको भए पनि अधिकांश ग्राहकले जुम्ली स्याउ नै रोजिरहेको गिरीको भनाई छ । नेपालगन्जका समिर खानले जुम्ली स्याउको स्वाद अन्य स्याउको तुलनामा धेरै राम्रो रहेको बताउनुभएको छ। ‘मैले पहिले २२० रुपियाँमा जुम्ली स्याउ किन्थेँ, अहिले भने १४०/१५० रुपियाँमै पाउँछु’ उनले भने । बाँकेको नेपालगन्ज बजारका मुख्य क्षेत्रहरू पुष्पलाल चोक, धम्बोझी चोक,बिपी चोक लगायतका स्थानमा ठेलामा समेत जुम्ली स्याउ मात्र विक्री भइरहेको छ ।

 

बाँकेका बजारमा जुम्ली स्याउको माग बढ्दै

विमानस्थलको आन्तरिक टर्मिनलमा आधुनिक विशिष्ट कक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *