संविधानको रक्षा र अराजकता विरुद्ध अर्घाखाँचीमा एमालेको बृहत् सद्भाव ¥याली(फोटो फिचर)

अर्घाखाँची,१० कार्तिक  ।

नेकपा (एमाले) अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव ¥यालीको आयोजना गरेको छ ।


देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा सद्भाव ¥याली निकालिएको हो । ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको छ । सद्भाव ¥यालीले सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको छ ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता चेतनारायण आचार्य, केन्द्रिय नेता सूर्य थापा, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेताहरूको सहभागितामा सद्भाव ¥याली निस्किएको हो । संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र एक्यबद्धताको सन्देश सद्भाव ¥याली मार्फत दिइएको एमाले अर्घाखाँचीले जनाएको छ ।

संविधानको रक्षा र अराजकता विरुद्ध अर्घाखाँचीमा एमालेको बृहत् सद्भाव ¥याली(फोटो फिचर)

आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds