घुयँत्राे: “बिरसिक्का”

के गर्नु कुरा त बाले ठिक्कै गर्या हुन ! तर सयमा पाँँच कम पाँच बीस फाल्टु कुरा र उखान टुक्कैले दिक्क बनाउने भा हुनाले जनताले बाका कुरै नपत्याउने हुन थालेर मात्रै । नत्र राजधानीयाँ बसेर कर्नालि भजाएर खानेहरलाई २/४ दिन अघिकाे याैटा” जुरुक्कै उठछ कर्नाली” भन्ने कार्यक्रममा कम्ता द्या हुनत बाले ! आँफुलाई जनताका लाेकप्रिय नेता भनेर आफ्नो गुणगान आँफै गरेर नथाक्ने माननीयहरलाई बाले द्या डाेज मलाई लाग्छ ८४ काे चुनाबसम्मलाई अघाउन्जेल पुग्छ । ” कर्नालिका सांसद सदनाँ हैन सडकाँ बाेल्छन” , “बाेल्न पर्ने ठाँ हैन हाेटल र काेठाँ बाेल्छन , हाेस र शुरमा हैन बेसुरमा बाेल्छन ” बाकाे याे भनाईले सांसदहर त २/४ दिनका लागि अरु केही नखाएर बाकै भनाईलाई नै अर्नि,भर्नि सबै यै बनाएर खाएनि अघाउने भए ।
त्यसाे त बालेनि कर्नालिका जनतालाई कुनै दिन माैकानै पारेर पचक्क मनभरिने गरि भन्नु नै थियाे किन भने गकाे चुनाबाँ बाका पाटिका एउट्टा नेतालाई चुनाब जिताएर पठाएनननि ! त्यसरि एमाल्या उमेदवारलाई कर्नालि जनताले पूरै घाँस ख्वाइदेछि बालाई कम्ता रिस उठ्याथ्याेत ! त्याे रिस पाेख्ने अबसरै नपा बेलाँ त्याे ” जुरुक्कै उठछ करनालि ” कार्यक्रमले कर्नालि उठनु त त्यस्तै हाे बालाई चाइँ जुरुक्कै उठायाे है । यै हाे माैका भनेर बालेनि दिई हाल्नु भाे । हुननि कर्नालिका गैर एमाले सांसदहरु न सदनाँ बाेल्छन न समितियाँ ! चाइने ठाँ बाेल्नु छैन । देश र जनताअनि आफ्नो चुनाब क्षेत्र र राष्ट्रिय ईस्युहरुमा बाेल्नै नसक्ने मान्छेलाई चुनाब जिताए । आफ्नाे एमाले हरलाई जिताएनन भनेर त हाेला बालेनि यै हाे माैका कर्नालिवालाहरलाई दिई हालम् भनेर ” कामका न काजका, दुष्मन अनाजका” भनाैँकि बाकै भाषाँ भन्नु पर्दा ” खान जन्मेकाहरु हाै खाओ, उल्टाे खाएनि सुल्टाे खाएनि खाओ” अर्थात जनता हाै कि नेता तिमरु खानै जन्मेका हाै । कर्नालिका नाममा हिजाे जनता र नेता सबै मिलेर पन्चायत,प्रजातन्त्र ,लाेकतन्त्र ,गणतन्त्रसम्म सबै मिलेरै खाने मुख ल्याछाै खाओ भनेर बाले नेता र जनतामाथि भँडास उतारेछि ऐले कर्नालिका माननीयहरलाई माननीयकाे पद घाँडाे भा छ कि कमाई खाने भाँडाे भाछ प्रतिक्रिया चाईँ आउन अँझै केई दिन लाग्ने हाे कि ,बाले ठिक भने भनेर यत्तिकै बसेर चम्चाहरले मात्रै सामाजिक सन्जाल रङ्ग्याउने हुन त्याे भने हेर्न बाँकिनैछ । कर्नालिका त्यत्रा दस/ दस वटा सिट भा ठाँ कर्नालिका मान्छेले याैटा पनि सिटाँ एमालेलाई नजिताएछि अध्यक्षानातालेनि बालाई त रिस उठन्यै भाे नि हैन र ? धन्न कस्साे काँग्रेसीहरु भष्टाचारकाे केशाँ जाक्किन लाएर तिनलाई नपक्रिने सर्ताँ दाइ भाउजुले प्रधानमन्त्री बनाएर मात्रै ऐले बा प्रधानमन्त्री बन्न पुग्या हुन ! नत्र त बाकाे भट्टानि बसालेकै त हुनत जनताले ।
भन्नत बाकाे पाटिले आँफुलाई मजदुर किसान र सुकुम्बासीकाे पाटिहाे भन्छन । तर,देशभरमा सबैभन्दा धेरै मजदुर र सुकुम्बासी भाकाे प्रदेश कर्नालिनै हाे तर एमाल्या नेताहरले भन्याझैँ गरि नचल्ने मजदुर किसान त्यैँ रैछन कि क्या हाे । कि त विदेश भारताँ गएर काम गर्ने मजदुर किसानहरु र माओवादिहरले बना सुकुम्बासीहरु भा हुनाले एमालेहरलाई भाेट नदेर उमेदवारहरलाई सुकुम्बासी बना हाेलान र?! नत्र त एमालेहरु त मजदुर, किसान र सुकुम्बासी जति त आफ्नै ठेक्का भा जस्ताे गर्थे त ! कि त कर्नालिका यी जिनिसहरुमा विबेक पलायाे र अब हामी झाेलेहैनम् जनता हुम् आफ्नो प्रतिनिधि आँफै राेज्न सक्छम भनेर एमालेलाई डाँडै कटाका हुन र?के गर्ने अर्गानिक प्रदेशका कुरै अर्गानिक । यस्ता कुरा हामी राउँदा नाई ! एमाल्या नेता जी ! तम्ले केई रायाछाै भने बा कन बुझाइ देउ । यै चाला हाे भने ८४ काे चुनाबाँ नि अर्गानिकवालाहरु एमालेकन भाेट नदिँदा । कुराे त ठिकै त हाेत ! कर्नालियाँ बा बजेट नदिँदा, अनि जनता एमालेकन भाेट नदिँदाँ ।





