घुयँत्राे ” बिरसिक्का”

हैन ! याे कर्नालि सरकाराँ बेलाबेलाँ किन धुवाँ पुत्ताउँछ के । हुनत आगाे नलागि धुवाँ पुत्ताउन्न भन्छन हाम्रा पिता पुर्खा ! केई न केई त भाकै हाेला नत्र किन जग हँसाउँथे र गठबन्धनका खेलाडिहरले ! शुरुमै सरकार बनाउने बेलाँ बाउले अंश भाग लगाएझैँ गरि दुई दलबीचकाे अंश भागाँ पर्या जति स्विकारेर खुरुक्क बसेछि अब मलाई मेराे भाग ऐल्यै देउ , आजै देउ , भख्खरै देउ हैनभने देखाई दिन्छु भनेर काँ हुँदाे के ! सरकारकाे कुर्चिकाे भाग बण्डाँ एमाल्या लागि ८३ जेठसम्म दिने भनेर सम्झाैता गरेर दाइने बायाँ च्यापि सकेछि बेलाबेलाँ क्वाइँघचक गरेर भएननि ! खुरुखरु सरकार चलाउन दिन छाडेर विचरा एमालेका नेताss दाँताट पसिना आउने गरि खारखेर पारेछि उनी पनि काँ गएर गुनासाे सुनाउन के ! त्यै भएर बिचरा कर्नालिका एमालेका मुख्यमन्त्री यामलाल कँडेलजीले प्रादेशिक दाई ( जीवन बहादुर शाहि )काे कुरा संघिय दाई ( शेरबादुर देउबा )लाई लगारैछन । त्यै एककाे अर्कालाई कुरालाउने चक्करले गर्दा हाेला कर्नालिकाे सरकार भख्खर ऐले ढल्याे कि पछि ढल्याे भाकाे । दुईटै मुख्यमन्त्री याैटाले अर्कालाई सिध्याउने गरि केन्द्रीय नेतालाई कुराे लायाे भनेरै सितयुध्द मैच्चाईराछन वास्तविकता त के हाे यिनै दुईटालाई था हाेला ।तर,याैटा कुराचाईँ मलाई नि अचम्म के लाछ भने याम लाल कँडेल अनि उनकाे विगतकाे बानि व्यहाेरा र चरित्र हेर्दा कसैसित नझुक्ने हाे । उनी हिँडदा त टाउकाे झुकाउँछन तर काम पर्दा अनि राजनीतिक खेलाँ टाउकाे झुकाउने र कसैकाँ गएर मलाई यस्ताे गर्याे वा भयाे भनेर टाउकाे झुकाउने मान्छे त हैनन त। आफ्नै नेताकाँ गएर टाउकाे नझुकाउने र कसैकाे गुनासाे नगर्ने नेता शेरबादुरकाँ गएर कसरी काँग्रेसका हुनेवाला मुख्य मन्त्रीकाे विरुद्धाँ कुरा लाए हाेलान के । फेरि कुरा लाई, हाले भनेनि उत्तीखेरै ती कर्नालीका आफ्ना संसदिय दलका नेतालाई तेराे मुख्यमन्त्रीले यसाे यसाे भन्याेनि भनेर किन कुरा लाउनु के । बाहिरी हल्ला त देउबा अगाडि याम लालका कुरा लाएछि यामलाल फायर छन भन्छन तर मलाई चाइँ शेरबादुर देउबाले यामलालले लगा कुरा सम्झे हाेलान र लगाए हाेलान भन्ने चाइँ मलाई विश्वाश लाग्दैन है । मिनेटकाे कुराे मिनेटमै बिर्सने र हाेस हवास नहुने देउबाले, यामलालले तँलाई यसाेयसाे भन्याे भनेर काँट जीवन बहादुरलाई भन्न सके हाेलान के । मलाई त विश्वास लाग्दैन है । त्यसैले गठबन्धनका नेताजीहरु कल्ले कल्लाई के गर्याे भन्ने हैन कि आफ्नाे पालाँ राम्रो काम गर्दैजाने हाे । अनि पालाे कुरेर बस्नेलेनि सरकार चलाउनेलाई राम्राेसित काम गर्न दिने हाे नत्र त भाेलि आफ्नो पालाँनि उनरले भाँजाे हालेभने के गर्नेनि ! सँधैभरि अडङ्गामात्रै थापेर कर्नालिका जनतालाई सुखि र समृद्ध बनाउन सकिन्न है । कर्नाली भन्या उपल्लो गाउँतिरा मान्छ्या मात्रै हाे उनरकाे मात्रै हक लाग्छ भन्ने धारणाले सरकार चलाउन खाेज्ने नेताजीहरु कर्नालि तल्ला गाउँका मान्छयानि हाे उनलाईनि सँगै र आफ्नै ठानेर लेर जान पर्छ भन्ने नबिर्सम् । मन नपर्या मान्छ्यै भएनि गठबन्धन भन्या बाध्यता गाँठाे हाे मनै नपर्ने मान्छे भएनि सरकार चलाउँदा सहयाेग गर्नै पर्छ ।बाँकी तपसिलका कुरा गठबन्धन नहुँदा गर्ने हाे । सरकार चलाउने नेताजिहरु यत्ति कुरा बुझेर सरकार चलाम् है झाेले झाम्टेर चम्चा कुरा सुनेर अमिलाे मन नगराम् । कि कसाे हाे !






