बाँकेमा ८५ किलोमिटर सडक निर्माण

नेपालगञ्ज, ८ भदौ । 
बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् ।
सडक पूर्वाधार कार्यालयका प्रमुख दिपक खड्काले आव २०८१/०८२ ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए । उनले सबैभन्दा बढी नेपालगञ्ज, खजुरा र वैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताए । सडक बनाउन रु २१ करोड खर्च भएको जानकारी पनि उनले दिए ।
सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ ।
सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी ११ दशमलव ५४ किलोमिटर ढल, ५ दशमलव ३९ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको कार्यालयप्रमुख रामआत्रेय शाहले जानकारी दिए । दुवै कार्यालयले गत आवमा यी काम गरेका हुन्।
बाँकेमा ८५ किलोमिटर सडक निर्माण

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३

बाँकेमा ८५ किलोमिटर सडक निर्माण

सुर्खेतमा अवैध नेटवर्किङ धन्दा चलाएर  बेरोजगार युवा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds