जुम्लाकाे तातोपानी गाउँपालिकाकाे -४ नम्बर वडा कार्यालयमा चोरी, ल्यापटपदेखि नगदसम्म हरायो

काली बहादुर परियार
जुम्ला,७ भदौ
जुम्लाको तातोपानी गाउँपालिका–४ को वडा कार्यालयमा अज्ञात समूह द्वारा चाेरी भएको छ । शुक्रबार वडा कार्यालय बन्द गरि सबै कर्मचारी घर गएकाे बेला राति अज्ञात समूह द्वार चाेरी भएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष अमर बहादुर राेकायाका अनुसार,शनिबार बिहान कार्यालय सहयोगीले अध्यक्ष कार्यकक्ष र स्टोरको ढोका फुटेको अवस्थामा देखे पछि बल्ल चाेरी भएको संकेत पाएको बताए ।
उनले भने,” बिहान एक्कासि थाहाँ पाउँदा प्रहरीलाई खबर गरिएको बताए । अध्यक्ष राेकायाका अनुसार वडा कार्यालय बाट डेल ल्यापटप १ थान, राष्ट्रिय झण्डा २ थान, तातोपानी गाउँपालिकामा अबस्थित गिडिदहकाे चित्र अंकित भिजिलिटी टी–शर्ट ३२ थान, करिब ३० पोका खाने नुन र वडा कार्यालय बाट नागरिक लाई बेचेकाे नगद ११ हजार ३ सय चोरी भएको जानकारी दिए ।

चोरहरूले प्रशासन शाखाको ठूलो साँचो तोड्ने प्रयास पनि गरेका थिए तर सफल हुन नसकेकाे अध्यक्ष राेकायाकाे भनाइ छ । उनले भने, ” अहिले प्रहरी अनुसन्धान सुरु भएको छ ।स्थानीयवासीलाई राति ११ बजे पछि अनावश्यक बाहिर हिँडडुल नगर्न र शंकास्पद गतिविधि देखेमा तुरुन्त जानकारी दिन आग्रह गरिएको उनकाे भनाइ छ ।






