घुयँत्राे:”मिनि सिंहदरबारको पर्खालभित्र जनता : गणतन्त्रमा पनि ‘पञ्चायतिया स्टाइल’ ?”

 

ऐले कर्नालीकाे मिनि सिंहदरबार खुब भाईरल भा छत के रैछ याे खेलाे । कतै संकटकालाँ हामी इत्रामबासीलाई जिना दुस्वार गरार्थ्याे सेना र पुलिसले कतै त्यस्तै खेलाे त हैन । सरकारी र सर्वसाधारण गरि त्यत्राे मान्छे बस्छन ईत्रामाँ तर कुनै दिन कुनै प्राकृतिक घटना घट्याे र सबै मान्छे घर बाईर निस्केर बस्नु पर्ने भाे भने २ धुर जग्गा समेत बाँकि नराखेर सरकारी भबनका निम्ति आँखा चिम्म गरेर नगर समितिले घडेरी बाँडदेछि निसास्सियर बस्न पर्ने अबस्थाँ पुग्या ईत्रामेहरलाई फेरि प्रचण्डकाे गाउँगाउँमा सिंहदबारकाे नाराले कच्याक्कै अँठ्याउने भाे त ! के गर्ने भन्ने बेलाँ नेपाफकै पहिलाे ब्यवस्थित शहरि याेजना लाग्या शहर भनिन्छ अनि त्यै ब्यवस्थित शहर बनाउने नाममा लखेटिया हामी कटकुवाली कटकुवाबाट मात्रै लखेटिएर नपुगेर ,कटकुवालिकै बस्ति बस्या उपत्यकाकाे ईत्रामकाे जग्गानि अधिग्रहणमा परेर बिचल्लि पर्या बेलाँ सरकारले बस्न द्या थाेरै बस्तिका धेरै मान्छेहरलाई फेरि शासै फेर्न नमिल्ने गरि चारैतिराड ढाेका बन्द गरेर सरकारी सेवा सुरक्षाका नाममा वाल पर्खाल लाउन ला सम्चारले फेरि सहर तता देख्खियाछ ।

हैन हिजाे त पन्चहरका दिनथे गिनेचुनेका पञ्चहरकाे (त्याे बेलाका सुर्खेतका हालिमुहालिवाला तिन्टा पन्च जाे मरिसक्या हुनाले यहाँतिन्काे नाम लेख्न चाहिन ) हालि मुहालिमा अधिग्रहण मात्रै गराएनन कि ती पञ्चहरले जग्गाकाे क्षतिपूर्ति नि आफ्नै बाकाे सम्पति दिन पर्ने झैँ गरि साझपख लाग्या झाँक्रीलाई पात्लाे फाल्याझैँगरि कट्ठाकाे सय दुईसय दिएर ईत्रामेहरकाे जग्गाहरण गरे अनि ऐले फेरि तिनै ईत्रामेहरका घरतिर जाने बाटाहरु सरकारी सुरक्षाका लागि भनेर यामानका पर्खाल लाएर थुन्न लाछन भन्ने सम्चारपाे सुनिन्छ त हँ । हैन हिजाे थ पन्च र राजाकाे जग्जगीथ्याे तिन्ले जे भन्याे त्यै हुन्थ्याे । बाेले राजकाज मुद्दामा हाल्न भनेर पन्चहरु मुद्दा लेख्न नेपाली कागज र कालाे लेख्ने कलम हाताँ समातेर तम्तयार भएर गाैँडा कुरेर बस्थे । अनि बिराेध गर्ने कस्का हिम्मत । के आजकाे गणतन्त्राँनि त्यस्तै हाे त ! के हाे त्याे याेजना सबैतिराट बिराेध आछ तर सरकार भने हुन लागेकाे याे याे हाे भनेर बुझाउँदैन । हैन समाचाराँदैनिक समाचारै त्यै आउन लाएछि त कमसेकम कुराे यस्ताे हाे भनेर जनताथिम गएत जनताले एस र नाे त भन्दा हुन त ! गणतन्त्र आएछिनि जनतालाई लुकायर काम गर्न खाेजेर हुँदाे त बरु वास्तविकता जनतासम्म पुर्याउने पाे हाे त । खास त्याे कामबाट प्रभावित हुने जनताथिम जानू छैन ।

सरकारलाई गालि गर्या र हुक्या समाचार पढ्याछन बस्याछन । ल ठिक्छ सरकारी कर्मचारी त कर्नालिका हैनन ती जागिर खान आ हुन तिनले जनता भलाे साेच्ने कुराे भएन उनिहरु त कसरी हन्छ जनता र नेतालाई लडाएर फटाएर भष्टाचार गरेर कुम्ल्याएर जाम भन्ने साेच मात्रै हुन्छ ! कमसेकम त्याँका र सत्ताँ भाका नेतालेत वास्तविकता याे हाे ,याे कामले याे फाईदा हुन्छ भनेर भन्दिने हाे नि त ! तर सरकार पनि चुपचाप समाचारकाे पाठकमात्रै भएर बस्यादेख्दा ताज्जुपपाे लाछत गाँठे । प्रदेशकै गाैरबकाे आयाेजना भन्ने अनि जनतालाई वास्तविकता नभनेर अरवाैँ रकम खर्च गर्न पाईन्छ र ? याे सरकारले जनतालाई परिणाम दिने काम केई गरेन कार्यकर्ता पाल्ने र भष्टाचार गर्नेबाहेक अरु काम भएन भन्या बेलाँ ऐले गर्न ला कामले के परिणाम दिन्छ कल्लाई फाईदा हुन्छ यत्ति त भन्दिनु पर्याे त जनताकाे सरकार, एमाल्या सरकार ,दुखि गरिब र मजदुर किसान अनि सुकुम्बासीकाे सरकार । यस्ताे सरकारले नि लुकेर काम गरेर हाेला ! लाै कुराे के हाे भन्नू पर्ला हैत हामीनि था पाई राखम्ला सरकारकाे बिचार । जयहाेस सरकार ! हजुरकाे जयहाेस !

घुयँत्राे:”मिनि सिंहदरबारको पर्खालभित्र जनता : गणतन्त्रमा पनि ‘पञ्चायतिया स्टाइल’ ?”

सुर्खेत विमानस्थलबाट आन्तरिक  हवाई सेवा सुचारु गर्न

घुयँत्राे:”मिनि सिंहदरबारको पर्खालभित्र जनता : गणतन्त्रमा पनि ‘पञ्चायतिया स्टाइल’ ?”

एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds