नौवस्ता कारागारबाट फरार दुई कैदी पक्राउ

बाँके,५ कार्तिक 
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नौवस्ता कारागारबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले पुनः पक्राउ गरी कारागारमा बुझाएको छ।

पक्राउ परेकामध्ये बैजनाथ गाउँपालिका–१ पितमारीका २८ वर्षीय सुदिप थापा, जो चोरी मुद्दामा ५ वर्षको कैद सजाय तोकिएका थिए, उनलाई पक्राउ गरी पुनः नौवस्ता कारागारमा पठाइएको बाँके प्रहरीले जनाएको छ।

त्यस्तै, सोही नौवस्तामा रहेको बाल सुधार गृहबाट फरार जबरजस्ती करणी मुद्दामा ८ वर्षको कैद सजाय पाएका बैजनाथ गाउँपालिका–४ बस्ने २० वर्षीय विकास परियारलाई पक्राउ गरी नौवस्ता बाल सुधार गृहमा बुझाइएको प्रहरीले जनाएको छ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार फरार कैदीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। उहाँले भन्नुभयो,“फरारहरूलाई कानुनी प्रक्रियाअनुसार पुनः कारागारमा पठाइएको छ। बाँकी फरारहरूलाई पनि खोजी तीव्र पारिएको छ।”

भदौ २४ गतेको जेनजी आन्दोलनका बेला नौवस्ता कारागारमा तोडफोड र आगजनीसँगै कैदीहरू फरार भएका थिए। त्यसपछि बाँके प्रहरीले फरार कैदीहरूको खोजी अभियान निरन्तर चलाउँदै आएको छ।

नौवस्ता कारागारबाट फरार दुई कैदी पक्राउ

जुम्ला फुटबल प्रतियोगिता: दोस्रो दिन चार खेल

Play American Roulette Online Real Money

Leave a comment

Your email address will not be published. Required fields are marked *