जुम्ला फुटबल प्रतियोगिता: दोस्रो दिन चार खेल

गोल्डेन बुढा 
जुम्ला,४ कार्तिक।

दीपावली र छठ पर्वको अवसरमा चन्दननाथ नगरपालिका–३, जुम्लाले आयोजना गरेको जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता सोमबारको सफल सुरुवातपछि मंगलबार दोस्रो दिन झनै रोमाञ्चक बन्यो। कुल चार खेल सम्पन्न भएका मध्ये दुई खेल पेनाल्टी सुटआउटमा पुग्दा दर्शकहरू भरपूर मनोरञ्जनित भए।पहिलो खेलमा आयोजक टिम चन्दननाथ–३ ‘बी’ र भगवती युवा क्लबबीच प्रतिस्पर्धा भयो। निर्धारित समयसम्म खेल बराबरीमा रोकिएपछि निर्णय पेनाल्टीमार्फत् गरिएको थियो। निर्णायक क्षणमा चन्दननाथ–३ ‘बी’ ले भगवती युवा क्लबलाई ५–३ ले हराउँदै उत्कृष्ट सुरुवात गर्‍यो।यस्तै दोस्रो खेलमा जनसेवा ‘ए’ युवा क्लबले चन्दननाथ नगरपालिका टिमलाई एकतर्फी खेलमा ३–० को फराकिलो अन्तरले पराजित गर्‍यो। सुरुवातदेखि नै खेलमा पकड बनाएको जनसेवाले उत्कृष्ट टिम संयोजन र रणनीतिबाट चन्दननाथलाई कुनै मौका नै दिएन।तेस्रो खेल जनप्रेमी युवा क्लब र आर ब्रोदरबीच कडा टक्करमा परिणत भयो। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गयो।

त्यहाँ जनप्रेमीले ५–३ को नतिजा निकाल्दै क्वार्टरफाइनल यात्रा पक्का गर्‍यो।दोस्रो दिनको अन्तिम खेलमा ‘समाजका लागि युवा क्लब’ ले रोयल कोटिला युवा क्लबलाई २–० गोलले हराउँदै आत्मविश्वासका साथ अघिल्लो चरणमा प्रवेश गर्‍यो। खेलभरि आक्रामक खेल देखाएको ‘समाजका लागि’ टोलीले प्रतिद्वन्द्वीलाई दवाबमा राख्दै सहज जित हात पार्‍यो।यस्तै आयोजक समितिका संयोजक राजबहादुर खत्रीका अनुसार दिनभरिका उत्कृष्ट खेल प्रदर्शनका आधारमा चार खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरिएको छ।इशान बुढ्थापा चन्दननाथ–३ ‘बी’,नविन रावल जनसेवा ‘ए’,जगदीश महत जनप्रेमी युवा क्लब र नन्दु भण्डारी समाजका लागि युवा क्लबका हुन्। प्रतियोगिता संयोजक खत्रीका अनुसार बुधबार (कार्तिक ५) पनि चार प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन्। जसमा पहिलो खेल सुनारटोल र जय शम्भूनाथ युवा क्लबबीच हुनेछ ।दोस्रोमा सप्तशिला र मिलान युवा क्लब, तेस्रोमा जनप्रेमी ‘बी’ र भुर्चुला तथा चौथो खेल सडक युवा क्लब र फोइकालिकाबीच हुनेछ।

जुम्ला सदरमुकाम खलंगामा जारी प्रतियोगिता स्थानीय युवा र खेलप्रेमीहरूका लागि ऊर्जा र उत्साहको केन्द्र बन्दै गएको छ। दर्शकको उल्लेख्य उपस्थिति, टोलीबीचको प्रतिस्पर्धा र नयाँ प्रतिभाको उदयले यो प्रतियोगिता केवल खेल मात्र नभई सामाजिक एकता र सकारात्मक सन्देशको उत्सवसमेत बनेको छ।

जुम्ला फुटबल प्रतियोगिता: दोस्रो दिन चार खेल

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला फुटबल प्रतियोगिता: दोस्रो दिन चार खेल

नौवस्ता कारागारबाट फरार दुई कैदी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *