घुयँत्राे:ओलीले बोले: “म नभए देशै बन्द!” — केन्द्रीय कमिटीले राष्ट्र बन्द गर्ने म्यानुअल स्वीकृत गर्यो

जल्ले जस्तोसुकै कुरा गराेस आखिर बा भन्या बा नै हुन ! उनलाई नलाग्या सत्ताकाे मायाँ कल्लाई लाग्छ के । भन्न त कतिले भने केपिचाेर देश छाेड ,भष्टाचारी केपिलाई फाँसी दे , उखाने ओलि गू खाने ओलि , अर्थात भएभरका गालिजति ओलिकै खेदाेखन्न खर्च गरियाे ! तर के गर्नु पाटिका नेताहरले केन्द्रिय कमाटियाँ बैठक देखि विधानसम्ममा सर्वसम्मत निर्यण गरेर हाम्रो नेता ओलिनै हुन उनकाे बिकल्पाँ ऐलेसम्म नेतै जन्म्याछैन, आन्दोलनले भनेर हुन्छ हामी आफ्नो नेता ओलिलाईनै मान्छम् जनताले जे भन्याे त्यै गर्दै हिन्ने हैन कार्यकर्ताले र नेताले के भने त्यल्लाई मान्ने हाे भनेर केन्द्रीय कमिटिकाे बैठकबाट एमालेका लागि बा भनेनि ओलिनै,अध्यक्ष भनेनि ओलिनै प्रधानमन्त्री भनेनि ओलिनै , भष्टाचारी भनेनि ओलिनै , सुकुम्बासीका मसिहा भनेनि ओलिनै,सारा सृष्टि कर्ता भनेनि ओलिनै २३/२४ का हत्यारा,अपराधी भनेनि ओलिनै जलमा थलमा,आकाशमा, हावामा , नदीमा , समुन्द्रमा , पन्चामृतमा ,हाेलि वाईनमा,गँवतमा सबै ठाउँमा ओलिनै भनेर देशभरका पुगनपुग २ कराेड जनताले भन्देछि आन्दोलनकारीले ओलिलाई मान्दैनम् भनेर थाेडि हुन्छ र ?!
त्यै भएरै वलिबाले ३ दिने केन्द्रीय कमिटीको बैठक भ्याएर अरु चननचुने पत्रकारलाई हैन नेपालका सम्पादकहरुलाई नै बाेलाएर ल मैने निर्णय गरेँ अब म प्रधानमन्त्री नै हुन्छु ल समाचार लेख्नाेस हाम्रा हरेक झाेलेहरकाँ पुग्नेगरि समाचार हाल्नाेस भनेर उर्दि जारी गरेछि ऐले प्रधानमन्त्री फेरि पनि ओलिनै हुने भनेर समाचार छ्याप्छ्याप्ति फैल्याछ । याे सुनेर झाेलेहरु ठाड्ठाडा कान लाएर सुनिराछन । साँच्चै ओलिले भन्याजस्तै गरि याे अबस्थाँनि जनताले ओलिलाईनै प्रधानमन्त्री मन्त्री चा हुन भने त्यत्रो त्यत्राे आन्दोलन र विध्वंस किन हाेईच । जेनजीहरले खुरुक्क ओलिबालाई बाेलाएर हाम्ले आन्दोलन गर्नु ठूलाे गल्ती गरेछम् नेपाली जनता समृद्धि हैनकि भष्टाचार र भष्टाचारीनै चाहँदा रैछन । त्यसैले सत्ता अब फेरि ओलिलाई नै सुम्पिन चाहन्छम भनेर सत्ता बुझाईदे भैगाे नि हैन र ? याे दिनहुँ कैले गृहमन्त्रीलाई गालि गर, कैले पुलिसलाई गालि गर,कैले प्रधानमन्त्रीकाे उछिताे काट यसरी समय नाेक्सान गर्न भन्दा लाै गरि खाउ भनेर एमालेहरका हाताँ हाल्दियाे अनि ओलिले,केही सुदुर पश्चिमका हाताँ केही कर्नालिका नेताका हाताँ , केई लुम्विनिका विष्नुका हाताँ केई बाग्मतिका महेश बस्नेत/युवराज खतिबडाका हाताँ र केई मधेसी नेता हाताँ त केई पुर्बेलि नेता हाताँ हाल्दिन्छन ल ! अब देशाँ कमिनिष्ट शासन लागू गर्ने चुनाबसुनाब हुन्न लेलिन र स्टालिन अनि माओत्सेतुङकाे जस्तो शासन चलाउन कुन जिल्लाँ काँ कल्लाई समाउनु पर्छ कि ठाडाे उठनै नदिने बनाउनु पर्छ सब रिपाेट लेर आओ भनेर राणाले जस्तै दाैडाहा पठाई दिने अनि जब आफ्ना झाेलेहरकाे रिपाेट आउँछ तब जनताकाे चाहना अनुसार आजका मितिदेखि नेपालाँ “खड्क शासन ” लागू गरेका छम् भनेर घाेषणा गर्दियाे बस , झाेलेहरुले काम पनि पाउँछन् आँफुले सत्तानि पाईन्छ । त्यसपछि जनतालाई “लाताैँका भूत बाताैँसे नहि मानता ” स्टायलले पेल्दै जाने हाे भने पन्च र राजाहरले ३० बर्ष खाए जस्तरी मजाले खडक शासन चलाउन सक्छन ओलिबाले यसाँ कसैले शंका नमाने हुन्छ ।
उनकाे काम गर्ने स्टायल अनि त्याे बाट निस्केकाे परिणामले जन्माएकाे १४ बर्षकाे जेल जीवन अनि पाटिकाे राजनीतिक जीवन । यी सब कुराले खराे उत्रन सक्ने खुबि बाकाे चरित्रमा छ त्यसैले बा माथि विश्वाश गरम् र गुमेकाे सत्ता हत्याउनतिर लागम ! त्यसपछिका जिन्दगी एमाले,एमाले कार्यकर्ता र झाेलेहरकै हाे चेतना भया ।






