जुम्लामा जिल्लास्तरीय फुटबल प्रतियोगिता : ४४ टिमको सहभागिता,

गाेल्डेन बुढा

जुम्ला,४ कार्तिक ।

तिहार र छठ पर्वको पूर्वसन्ध्यामा जुम्लाको चन्दननाथ नगरपालिका–३ वडामा जिल्लास्तरीय भव्य फुटबल प्रतियोगिता सुरु भएको छ। ‘खेलकुदमार्फत युवा एकता र सामाजिक समृद्धि’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा कुल ४४ टिमको सहभागिता रहेको छ, जसले जुम्लाली खेलप्रेमीहरूमा विशेष उत्साह थपेको छ।प्रतियोगिताको उद्घाटन चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गर्नुभएको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै उनले भने, “फुटबलजस्ता खेलले युवामा ऊर्जा भर्नुका साथै सामाजिक सद्भावलाई बलियो बनाउने काम गर्छ। स्थानीय स्तरमै यस्ता प्रतियोगिता नियमित हुन आवश्यक छ।”प्रतियोगिताको पहिलो खेलमा आयोजक चन्दननाथ–३ वडाको टिमले ढाणथपला युवा क्लबमाथि ४–० गोलको सहज जित दर्ता गर्‍यो। चन्दननाथका अभिषेक बुढथापा ‘म्यान अफ द म्याच’ घोषित भए।दोस्रो खेलमा गुठिचौर गाउँपालिकाको फोइकालिका एफसी युवा क्लबले सिद्धगुफा युवा क्लबलाई ५–० को एकतर्फी नतिजामा हराउँदै प्रभावशाली प्रदर्शन गर्‍यो। उत्कृष्ट खेल कौशल प्रस्तुत गर्ने फोइकालिकाका धर्म परियार ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिताका संयोजक राजबहादुर खत्रीका अनुसार विजेता टिमलाई नगद १ लाख १ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। उपविजेताले ५० हजार ५ सय नगदसहित सम्मान प्राप्त गर्नेछ।उनले भने, “हाल जुम्लामा फुटबलप्रति युवाको आकर्षण तीव्र रूपमा बढेको छ। यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न सहयोग गर्छन्। भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने सम्भावना प्रबल छ।”यता वडाध्यक्ष रतन खत्रीले भने, “यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई, युवाहरूलाई खेल प्रदर्शन गर्ने अवसर पनि हो। खेलकुदले आपसी सम्बन्ध, सहकार्य र एकताको भावना विकास गर्छ।”गुठिचौरदेखि तातोपानी गाउँपालिकासम्मका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ। आयोजक पक्षले खेललाई शान्तिपूर्ण, मर्यादित र अनुशासित ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।स्थानीय खेलमैदानमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको छ। टोल–टोलबाट खेल हेर्न आएका दर्शकले प्रतियोगिताको रौनक अझै बढाएका छन्।

जुम्लामा जिल्लास्तरीय फुटबल प्रतियोगिता : ४४ टिमको सहभागिता,

घुयँत्राे:ओलीले बोले: “म नभए देशै बन्द!” — केन्द्रीय

Leave a comment

Your email address will not be published. Required fields are marked *